२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पच्चिस लाखको अक्षयकोष स्थापना

अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयवासीको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।

स्थानीयवासी, प्रवासी, युवा क्लब, आमा समूहको पहलमा स्थापित कोषमा दाताबाट थप सहयोग प्राप्त हुने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजाले बताए । आधारभूत तहका चार र बालशिक्षा सहयोगी कार्यकर्तासहित १–५ तहका चारजना शिक्षकमध्ये तीनजनाले उपल्लो तहमा अध्यापन गराउँछन् । कक्षा ८ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करीब १०० जना विद्यार्थी अध्ययनरत छन् ।

गाउँ, देशका विभिन्न शहरमा बसोबास गर्ने र रोजगार, पेशा, व्यवसाय, अध्ययनका लागि प्रवासमा रहेका राम्चेवासीले विवाह, जन्मदिनको अवसरका साथै आफन्तको स्मृतिमा विद्यालयको अक्षयकोषका लागि सहयोग गर्दैआएका गर्बुजाले बताए । रासस