२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

अ+ अ-

काठमाडौं । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छन्।

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा पाँच हजार १०० को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उनले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराएकी हुन् ।

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय जानु भई पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिए ।

कोषका पदाधिकारीसँग कुरा गर्दै उनले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराइन् । भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गरेकी हुन् । त्यसबेला उनले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी थिइन् । रासस