२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

अ+ अ-

चितवन । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ ।

गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो ।

श्रेष्ठका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय प्रहरी नायब निरीक्षक खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका हुन् । जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले खनियालाई आजै म्याद थप गरी विस्तृत अनुसन्धान थाल्ने बताए । तेजाब छर्किएपछि घाइते भएकी श्रेष्ठको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तथ्यांक कार्यालयले गरेको आर्थिक गणनामा गणकका रुपमा कार्यरत २८ वर्षीया श्रेष्ठको शरीरको कान, आँखा, छाती र खुट्टामा तेजाब परेको छ ।

अस्पतालमा उपचाररत श्रेष्ठले खनियाले आफूलाई विगत लामो समयदेखि पछ्याउँदै आएको बताइन् । यसअघि पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउने गरेपछि आफू र श्रीमान् मिलेर प्रहरीमा खनियाविरुद्ध उजुरीसमेत दिएको उनले बताइन् । रासस