२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा निवृत्त जीवन अलैँची खेतीमा

अ+ अ-

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताए तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन ।

आर्थिक अवस्था कमजोर हुँदा सेनामा भर्ती भएर दुई चार रुपैयाँ कमाए पनि त्यसबखत घरधान्न मुस्किल भएकाले निवृत्त हुनासाथ उनले अलैँचीखेती थालेका हुन् ।

अहिले त्यही अलैँची खेतीबाटै तामाङले हाल ६० रोपनी जमिनमा अलैँची विस्तार गरोक छन् । रोगका कीराको संक्रमणले बगान मासिए पनि यो वर्ष तामाङले सात मन अलैँची फलाए । गतवर्ष ११ मन अलैँची फलाएको उनले बताए । ‘जागिर आफ्ना लागि त पर्याप्त नै थियो तर परिवारका लागि त्यसले मात्रै पुगेको थिएन, उनले भने ‘त्यसैले सेवावाट अवकास भएपछि परम्परागत खेतीपाती र त्यसमा पनि अलैँची खेतीलाई जोड दिएँ, अहिले ठिकै छ ।’

तामाङले अहिले अलैँची खेतीबाटै गाउँमा दुई खला खेत, तराईमा केही जग्गा र म्याङलुङ बसपार्कमा तीन तले घर बनाउनुभएको छ । बुढ्यौली उमेरले छोए पनि अलैँची बगान स्याहार्ने, गोडमेल र बजारसम्म पु-याउने काम तामाङ आफैँ गर्छन् । आफूले जागिर खाएर दुःखले घर चलाए पनि आर्थिक प्रगति जागिरबाट नहुने उनको तर्क थियो ।

आफ्नो जमिन अलैँची खेतीका लागि उपयुक्त भएकाले सबै जमिनमा अलैँची लगाएको तामाङले बताए । “विदेशिने सबैले आर्थिक प्रगति नगर्ने त होइनन् तर आर्थिक प्रगति गर्नेले पनि धेरै मेहिनत गरेका हुन्छन्, त्यही मेहिनेत स्वदेशी भूमि गर्नसके स्वदेशमै मनग्ये कमाउन सकिन्छ तर युवालाई अलैँची खेतीमा प्रोस्साहन गर्न अनुदान र बिनाधितो ऋणको व्यवस्था हुनु जरुरी रहेको उनले जोड दिए ।

तामाङसँगै गाउँका अन्य २९ घरधुरीले गाउँमै बिरुवा उत्पादन गरेर खेती लगाउने गरेका छन् । वि.सं. ०३२ मा कक्षा–८ पढेपछि सेनामा भर्ती भएका उनले विद्यालय उमेरदेखि नै निकै संघर्ष गरेको बताए ।