२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटनामा परी दुईको मृत्यु, दुई घाइते

अ+ अ-

पर्सा । पर्साको पोखिरया नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएका हुन् ।

बिहान करिव १ बजेको समयमा पोखरियाबाट वीरगन्जतर्फ आउँदै गरेको चार जना सवार मोटरसाइकलले मर्मतका लागि सडक छेउमा खडा रहेको ट्र्याक्टरको टेलरमा ठक्क दिँदा दुईको मृत्यु र दुई घाइते भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । मृतकको परिचय हालसम्म खुल्न नसकेको बताउँदै उनले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जिरा भवानी गाउँपालिका निवासी रामबाबु मुखिया विणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा र सोही स्थान निवासी धनलाल मुखिया विणको वीरगन्जकै नेशनल मेडिक शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिचय हालसम्म खुल्न नसकेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । मृतकका शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मोटरसाइकलाई चालकले नियन्त्रण गर्न नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । रासस