२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

अ+ अ-

चितवन । आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो ।

मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले बताए । कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ ८९ करोड ३६ लाख ८९ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकामा ८० करोड एक लाख ८५ हजारमात्रै संकलन भएको छ । पङ्गेनीले मूल्य अभिवृद्धि बिल नकाट्ने, कम काट्ने र कुनै पनि किसिमको करको दायरामा नआउनेसमेत भेटिएपछि तीव्र अनुगमन गरिएको बताए । अनुगमनका क्रममा भ्याट बिल नकाटेको पाइएमा नियमानुसार कारवाही गरिने उनले जानकारी दिए ।

कार्यालयका कर्मचारीहरुले सुराक सञ्जालसमेत प्रयोग गरेर अनुगमन गरिरहेका छन् । कतिपय कम्पनी तथा प्रतिष्ठानमा आशंका देखिएकामा पूर्ण लेखापरीक्षण गरी कर कायम गर्ने काम पनि कार्यालयले गरिरहेको छ ।

कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको हकमा १२ महिनामा ५० लाखसम्म कारोवार हुँदा दर्ता हुन नपर्ने व्यवस्था छ । साथै मूल्य अभिवृद्धि लाग्ने वस्तु तथा सेवा मिश्रित कारोवार र सेवाको हकमा २० लाखसम्मको कारोवार हुनेले दर्ता गर्नु नपर्ने व्यवस्था भएको उनले बताए । एक पटकमा रु १० हजारभन्दा बढीको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारी गर्दा पनि दर्ता गर्नुपर्ने व्यवस्था रहेको अधिकृत पौडेलले जानकारी दिए ।

कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १४ अर्ब ४५ करोड ६७ लाख राजश्व संकलन गरेको छ । जुन लक्ष्यको १०७ प्रतिशत हुन आउँछ । यस आवमा कार्यालयले १९ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गतवर्ष १६ अर्ब ८८ करोड २० लाख राजश्व संकलन गरेको थियो ।

कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजश्व अन्तःशुल्कबाट उठ्ने गरेको कार्यालयका प्रमुख पङ्गेनीले बताए । हाल कार्यालयको मातहतमा करीब ८० हजार करदाता छन् । रासस