१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काश्मिरमा सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

अ+ अ-

श्रीनगर, (रासस/एएफपी) भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ ।

काश्मिर क्षेत्रमा मारिएका एक लडाकूको समर्थनमा हजारौँको संख्यामा निस्केको जुलुसमा सहभागी हुने क्रममा विद्रोही निकट मानिने एक प्राध्यापक, पाँच जना विद्रोही लडाकू र पाँच जना स्थानीय सर्वसाधारणको मृत्यु भएको प्रहरी महानिरीक्षक शेष पाउल वेडले बताए ।

आइतबार भएका प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् भने विद्रोही समूह हिजबुल मुजाहिद्दिनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।

श्रीनगरको दक्षिणी क्षेत्रमा अवस्थित सोपियन जिल्लाको वाडिगाउँमा विद्रोहीहरू लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा सरकारी फौज गाउँमा पसी कारबाही चलाएको र उक्त कारबाहीमा विद्रोहीसहित केही स्थानीयको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

सेनाले विद्रोही बसेको क्षेत्रलाई घेरावन्दी गरी आत्मसमर्पण गर्न भनेको तर विद्रोहीले गोली चलाउन थालेपछि भएको व्यापक शसस्त्र झडपका क्रममा उनीहरूको मृत्यु भएको वेडले बातए। उनका अनुसार शुक्रबारदेखि भूमिगत भएका समाजशास्त्रका प्राध्यापक मोहम्मद रफी भाटलाई पनि अन्य विद्रोहीलाई जस्तै आत्मसमर्पण गर्न भनिएको तर उनले त्यसो गर्न नमानेपछि झडपमा उनीसहित केही विद्रोहीको मृत्यु भएको महानिरीक्षक वेडले बताए ।

काश्मिरमा यो वर्ष सरकारी सेना र विद्रोही समूहसँग भएका झडपका क्रममा अहिलेसम्म १२० जनाको मृत्यु भएको छ । जसमध्ये २२ जना सर्वसाधारण परेका छन् भने ६७ विद्रोही र २८ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस