२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिद्वारा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेकी छन् ।

दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र डा. राजेश झा ‘अहिराज’लाई प्रदान गरिन् ।

निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्दन र जनतालाई सुसुचित गराउने महत्वपूर्ण कार्यमा सहयोग पु¥याएबापत जनही दुई लाख राशिसहितको सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिएको छ । पुरस्कारको राशि जनही दुई लाख रहेको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकारद्वय शम्भु श्रेष्ठ, रघु मैनालीसहितको निर्णायक मण्डलले पुरस्कार छनोट गरेको हो ।

राष्ट्रपति भण्डारीले मुलुकको विकासमा केन्द्रित भई राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् गम्भीर बनेर राष्ट्रिय लक्ष्य हासिल गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले नेपाली नागरिकलाई विभिन्न मौलिक हकको व्यवस्था गरेअनुसार सूचना र सञ्चारको हकको व्यावहारिक कार्यान्वयनका लागि स्वच्छ, निष्पक्ष, निर्भिक र व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिताको आवश्यकता पर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले पुरस्कृतहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पत्रकारिताको माध्यमबाट नेपालको सम्पूर्ण क्षेत्रको विकासमा निरन्तर योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रका विज्ञ, संघसंस्थालगायत सम्बन्धित क्षेत्रको सुझाव र सल्लाहको आधारमा नयाँ सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिए ।

सम्मानितको तर्फबाट बोल्दै सञ्चारिका समूहकी पूर्व अध्यक्ष बस्नेतले सरकारले पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेर थप उत्साह थपेको छ भनिन् । ‘समृद्धि र सुशासन, आमसञ्चारको अभियान’ नाराका साथ तेस्रो राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइएको हो ।