२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर

अ+ अ-

वस्तुगत प्रश्नोत्तर

१.भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पछिल्लो पटक नेपालको दुईदिने औपचारिक भ्रमण कहिले भयो ?
– २०७५ वैशाख २८ /२९ गते ( प्रधानमन्त्रीका रुपमा मोदीले यो गरी तीनपटक नेपाल भ्रमण गरेका ।)

२. विश्व चपर्चत आर्थिक पत्रिका फोब्सद्धारा सन् २०१८ मे मा सार्वजनिक प्रतिवेदनअनुसार विश्व को सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?
– चिनियाँ राष्ट्रपति सी जिन पिङ्

३. मेगा बङ्क नेपालमा टुरिज्म डेभलपमेन्ट बैङ्क गाभिई एकीककृयत कारोबारको शुरुवात कहिलेदेखि भएको हो ?
– वि.सं. २०७५ वैशाख ३०

४.मणिविक्रम शाह कुन खेल सँग सम्बन्धित खेलाडी हुन् ?
– फुटबल (उनी नेपाली राष्ट्रिय टोलिका पूर्व कप्तान हुन् । कलेजो सम्बन्धी रोगका कारण उनको वैशाख ३१ म निधन भयो ।)

५. नौ सय मेगावाट क्ष्मताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ?
– वि.सं. २०७५ वैशाख २८
(यो जलविद्युत आयोजना शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धरा संयुक्तरुपमा गरिएको हो । संखुवासभामा रहेको आयोजनास्थलबाट नेपाल टेलिभिजनले पैत्यक्ष दृश्य प्रशारण गरेको थियो भने काठमाडौंको होटल द्धारिकामा आयोजित समारोहमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले स्वीच अन गर्नुभएको थियो । आयोजनास्थल फ्याक्सिन्दा दोभान र शिलान्यास स्थललाई भिडियो कन्फेरेन्स मार्फत जोडिएको थियो । यो आयोजना निर्माण गर्ने अनुमति भारतीय कन्पनी सतलज विद्युत् निगमले पाएको छ । आयोजनाको निर्माण सन् २०२३ सम्ममा सम्पन्न गरिने लगानी बोर्डले जनाएको छ । )

६. विश्वमा पहिलो पटक मोबाईलफोनो प्रयोग कहिले गरिएकको हो ?
– सन् १९७३ (सन् १९७३ मा मोबाइलफेनका आविसरक मार्टिन कुपरले पहिलोपटक मोबाइलबाट फोन सम्पर्क स्थापित गरेका । )

७. वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
-डा.महेन्द्र विष्ट,डा.राजेश झा ‘अहिराज’ (पुरस्कार राशि : रु २ लाख)

८. सन् २०१७ को ‘टाइम पर्सन अफ द इयर’ कसलाई घोषणा गरियोल ?
-द साइलेन्स बे्रकर (यौनजन्य दुव्र्यवहार तथा शोषणलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ‘ह्यासमिटु’ सञ्चालक तथा संस्थापक ‘द साईलेन्स ब्रेकर्स’ यो वर्षको टाइम अखबारको ‘पर्सन अफ द इयर मा चयन भएको ।)

९. विश्व भोकमरी सूचकाङ्क २०१७ मा नेपाल कुन स्थानमा रहेको छ ?
-७२ औँ (११९ राष्ट्र समेटेर तयार पारिएको अध्ययन प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, चाड र सियोरालियोन क्रमशः ११९औँ, ११८औँ र ११७औँ स्थानमा रहेका छन् ।)

१०. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन (OCR) सफ्टवेयर के सँग सम्बन्धित छ ?
– नेत्रहिन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि हो ।

विषयगत प्रश्नोत्तर

१.नेपालको संविधानअनुसार कस्तो अवस्थामा मौलिक हकमाथि अङ्कुश लगाउन सकिन्छ ?
नेपालको संविधान अनुसार निम्न अवस्था भएमा संविधानको भाग ३ मा उल्लेखित मौलिक हक माथि अङ्कुश लगाउन सकिने व्यवस्था छ :
– नेपालको सार्वभौमसत्ता, अखण्डतामा खलल पर्ने कार्य भएमा,
– सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्य भएमा,
– विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका बीचका सुसम्बन्धमा खलल पर्ने कार्य भएमा,
– अदालततको अवहेलना हुने कार्य भएमा,
– सर्वसाधारण जनताको हित, स्वास्थ्य, शिष्टाचार, गाली बेइज्जती एवं नैतिकताको प्रतिकुल हुनेकार्य भएमा,
– हिंसात्मक कार्य भएमा
– अपराध गर्न दुरुत्साहित गर्ने कार्य भएमा,
– राज्यद्रोह हुने कार्य भएमा ।

२.बजेट तथा स्रोत समितिका कार्यहरु के के हुन् ? लेख्नुहोस् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित बजेट तथा स्रोत समितिका कार्यहरु निम्न छन् :
– नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट प्रषेपण गर्ने ,
– बजेट कार्यान्वयन, अनुगमन एवं मुल्याङ्कन विषयहरुमा निर्णय गर्ने,
– आर्थिक परिसूचकहरुको विष्लेशण गर्ने,
– समष्टिगत आर्थिक संरचना तयार गर्ने ,
– आगामी तीन आर्थिक वर्षहरुको कुल सीमा निर्धारण गर्ने ,
– मध्यकालीन खर्च संरचना निर्धारण गर्ने,
– राजस्व, वैदेशिक अनुदान र ऋण तथा आन्तरिक ऋणको प्रक्षेपण गर्ने,
– कुल बजेटमा चालु बजेट, पुँजीगत बजेट र वित्तीय बजेट क्षेत्रको हिस्सा निधौरण गर्ने,

३.मौद्रिक उपकरण केके हुन् ? उल्लेख गर्नुहोस् ।
मूल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैङ्ले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिणाम, उपलबधता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रका स्थिरता मौद्रिक नीतिको उदेश्य हो । मौद्रिक नीतिको यही उदेश्य प्राप्त गर्न मौद्रिक अधिकारीले प्रयोग गर्ने औजार मौद्रिक उपकरण हुन् जुन निम्न छन् :

क. प्रत्यक्ष उपकरण
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण,
२. कर्जाको सीमा निर्धारण,
३. नैतिक दबाब,

ख. अप्रत्यक्ष उपकरण
१. बैङ्क दर
२. अनिवार्य नगद मौज्दात,
३. खुला बजार कारोबार,

 साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् :https://www.prasashan.com/category/loksewa/