२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

अ+ अ-

कैलाली । कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख प्रशासकीय, लेखापाल र वडा सचिवले पूरै गाउँपालिका सञ्चालन गर्दै आएका हुन् ।

गाउँपालिकामा २४ कर्मचारी आवश्यक भए पनि सरकारले कर्मचारी नपठाउँदा तीन जनाको भरमा कार्यालय सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले जानकारी दिए ।

ओझासँगै लेखापाल खुशीराम थारु र वडा सचिव तेजबहादुर शाह मात्र छन् । कर्मचारी नहुँदा साविक सुगरखाल, मोहुन्याल र पण्डोन गाविस मिलेर बनेको मोहुन्यालय गाउँपालिकामा अझै आफ्नो क्षेत्रको कार्यालय नै स्थापना भएको छैन ।

‘र्मचारी नहुँदा ती जनाले सातवटा वडा हेर्नुपरेको छ’’ ओझाले भने–‘कर्मचारीको समस्याले जनताका काम हुनसकेको छैन ।’’ पटक÷पटक सरकारसँग कर्मचारी पठाउन माग गरिए पनि नपठाएको गाउँपालिकाका प्रमुख नवलसिंह रावलले गुनासो गरे।

उनले भने, ‘कर्मचारी अभावले जनताको काम गर्न सकेको छैन, पटक÷पटक कर्मचारी पठाउन भन्याँै तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै वास्तै गरेन ।’’

कर्मचारी नहुँदा एकजना वडा सचिव शाहले वडा नं १ देखि ५ सम्मको काम गर्नुपरेको छ भने ६ र ७ नं को वडा कार्यालय एकजना प्राविधिकले सञ्चालन गरेका छन् ।

छसय बैसठ्ठी वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको २२ हजार जनसंख्या रहेको उक्त गाउँपालिकाको एक वडाबाट अर्को वडामा पुग्नका लागि दुई दिन लाग्छ ।

वडा नं ६ का वडाअध्यक्ष टीकाराम भण्डारीले आफ्नो कार्यालय प्राविधिकले सञ्चालन गरेको बताए । प्राविधिकले फोनमार्फत सुखडस्थित वडा सचिवलाई काम कारबाहीबारे सोधेर काम गर्दै आएको उनले जानकारी दिए ।

अझै कार्यालय स्थापना भएन

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा हुनलाग्दा गाउँपालिकाको कार्यालय स्थापना हुनसकेको छैन । कार्यालय स्थापना नहुँदा धनगढी र सुखडमा सम्र्पक कार्यालय खोलेर गाउँपालिका सञ्चालन हुँदै आएका छन् ।

धनगढीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यालय र सुखडमा वडा नं १, २, ३, ४ र ५ वडा कार्यालय सञ्चालन हुँदै आएका छन् । अन्य वडाका कार्यालय गाउँपालिकाभित्रका सम्बन्धित वडामा भए पनि भवन अझै बनेका छैनन् ।

गाउँपालिकाका निर्वाचित प्रतिनिधि भौगोलिक विकटताका कारण नियमित बैठक गर्दा कहिले धनगढी त कहिले घोडाघोडी नगरपालिकाको सुखड बजारमा जाने गरेका छन् ।‘गाउँपालिका आफ्नै ठाउँमा स्थापना गर्न नसक्दा सम्पर्क कार्यालयका रुपमा सञ्चालन गर्नुपरेको छ’’ प्रमुख रावलले भने–‘कर्मचारी सुरक्षाको कारण देखाउँदै आउन मानेका छैनन ।’’

जनताको काम गर्नका लागि गाउँपालिका प्रमुख रावल कहिले धनगढी र कहिले सुखड पुग्ने गरेका छ । ‘मेरो पनि बस्ने कार्यालय छैन । कहिले धनगढी कहिले सुखड त कहिले मोहुन्यालय हुन्छु’’उनले भने अहिले झोलामा नै मेरो कार्यालय रहेको छ ।’’

प्रमुख रावलले मोहुन्यालय–४ स्थित खिमडीसँगै मोहुन्यालय–६ सोल्टा र उपप्रमुखले पूजादेवी बुढामगर खिमडी भन्ने गाउँमा सम्पर्क कार्यालय स्थापना गरेको छ । गाउँपालिकाका प्रमुख रावलले खिमडीमा कार्यालय स्थापनाका लागि घर खोजिरहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले अपुग कर्मचारी चाँडै पठाउने तयारी भइरहेको र असारसम्म कार्यालय स्थापना गरिने जानाकारी गराए ।

बिहान ६ देखि साँझ ७ बजेसम्म कार्यालय

जनताका काम गर्नका लागि बिहान ६ देखि साँझ ७ बजेसम्म वडा कार्यालय सञ्चालन हुने गरेका छन् । सुखडस्थित– ५ वटा वडा कार्यालयमा टाढाटाढाबाट आउने गाउँका मान्छेको काम साँझसम्म गरेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए ।

‘‘वडाको कामका लागि स्थानीयवासी टाढा/टाढाबाट आउछन्’’ उनले भने – ‘त्यही भएर उनीहरुको काम गर्नका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म कार्यालय सञ्चालन गर्दछौ ।’’