२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरिदार पद हटाउने तयारी, सुब्बामा ७० प्रतिशत खुला विज्ञापनबाट

अ+ अ-

काठमाडौं । निजामती सेवामा खरिदार पद हटाउने तयारी गरिएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुला प्रतियोगिताबाट पदपूर्ति नगरिने प्रस्ताव गरिएको छ ।

यसअघि खरिदार पदमा खुला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार खरिदार पदभन्दा तल कार्यालय सहयोगीको पद मात्रै छ । त्यसकारण कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने पाउनेछन् ।

खरिदार पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र ज्येष्ठताको बढुवाको आधारमा १० प्रतिशत पदपूर्ति गरिने मस्यौदामा उल्लेख छ ।
खरिदार पदमा रहेका कर्मचारीहरु सेवानिवृत्त भएसँगै दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुला विज्ञापन नगराउने उल्लेख छ ।

सुब्बामा ७० प्रतिशत खुला विज्ञापनबाट पदपूर्ति
नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुलाबाट पदपूर्ति हुने गथ्र्याे । यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत पदपूर्ति गरिनेछ ।