२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

अ+ अ-

दाङ । जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा आज बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९ कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसअघि जंगली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही–१९ कै पाँच वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका तीनजनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैँ आधा दर्जन जतिले बाँकेमा उपचार गराइरहेको प्रहरीले जानएको छ । रासस