२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वसन्तपुरमा सुरू भयो सामुहिक सत्याग्रह

अ+ अ-

काठमाडौं । वसन्तपुरमा सामुहिक  सत्याग्रह शुरु भएको छ । अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन सत्याग्रह सुरु गरिएको छ ।

‘सोलिडारिटी फर डा केसी’ अभियानले काठमाडौंको वसन्तपुरमा बिहान १० देखि सामूहिक अनसन सुरु गरेको हो। पहिलो दिन आज अनसन साँझ ५ बजेसम्म चल्ने छ।

अनसनमा सामाजिक अगुवा, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधारणको सहभागिता रहेको छ।

डा. केसीका समर्थकहरुले सरकारले मागका सम्बन्धमा कुनै चासो नदेखाउँदा सामुहिक सत्याग्रह शुुरु गरेका हुन् । डा. केसीका माग सम्बोधन नभएसम्म अनसन जारी रहने जनाइएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी विगत २३ दिनदेखि अनसनमा छन्। गत असार १६ गते जुम्लामा अनसन बसेका डा. केसीलाई सरकारले गत बिहीबार मात्रै काठमाडौं ल्याएको थियो।

डा. केसीकै समर्थनमा हिजो शनिबार माइतिघर मण्डलादेखि नयाँबानेश्वरसम्म विशाल प्रदर्शन हुनुका साथै झडप समेत भएको थियो ।