काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् ।
मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले विदेश भ्रमण स्थगन गरेका हुन् । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आजबाट हुने भनिएको विदेश भ्रमण स्थगन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।







