२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

अ+ अ-

बुनिया, कङ्गो । नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ ।

गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । त्यस्तै १२ वटा प्रमुख परियोजनामध्ये १० वटा पूरा भएका छन् भने दुईवटा निर्माणाधीन छन् । यसैगरी गुल्मले एक वर्षको अवधिमा ६९ वटा साना परियोजना पनि सम्पन्न गरेको छ ।

इञ्जिनियर गुल्मको २१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुल्मपति प्रमुख सेनानी दिव्यराज प्रसाईंले २१औँ टोलीले महत्वपूर्ण परियोजनामध्ये १८ किलोमिटर लामो छावि–काकुका सडक निर्माण सम्पन्न गरेको तथा १८ किमी लामो कामान्गो–सिमिलिकी सडक र ४२ किमी लामो बोगोरो–अभेवा सडकको दोस्रो खण्डको पुनःस्थापना कार्य जारी रहेको बताए ।

उनका अनुसार २१औँ डफ्फाले सम्पन्न गरेको १० वटा प्रमुख योजनाअन्तर्गत माविवि बोइकेने र माडिवा शिविरमा बाटो र नाला निर्माण २० किमी बुनियाँ–वोगोरा–अभेवा सडकको प्रथम खण्डको निर्माण, १८ किमी लामो कामान्गो–सिमिलिकि सडकको द्रुत मर्मतसम्भार, माविवि विमानस्थलमा ‘एप्रोन’को विस्तार, सेमिलिकी कामागो स्थलगत प्रतिरक्षा सुधारकार्यमा प्राविधिक सहयोग तथा सुपरीवेक्षण गरिएको छ । यसैगरी माविविमा अवस्थित ‘एप्रोन’को विस्तार कार्य, माविविस्थित माल्बाट सैनिक आधार इलाका स्थानान्तरणको लागि मैदान निर्माण, १७ किलोमिटर लामो एम्बउ–कामान्गो सडकको तीव्र मर्मतसम्भार, बंगलादेशी शान्ति सेना गणको आधार शिविरको विस्तार कार्यमा प्राविधिक सहयोग र बुनियाँको रवाम्पारास्थित ढल निर्माण रहेका छन् ।

परियोजनामा आधार शिविरलाई कमान्गोबाट सेमिलिकिमा स्थानान्तरण र सेमिलिकिमा नयाँ सुरक्षा पूर्वाधार निर्माण तथा माविवि विमानस्थल धावनमार्गको मर्मतसम्भार रहेका छन् ।

यसका अतिरिक्त टोलीले कङ्गोमा रहेका विभिन्न मुलुकका शान्ति सेनालाई प्राविधिक सहयोग पनि प्रदान गर्ने गरेको छ । नेपाली शान्ति सेना इञ्जिनियर गुल्म डफ्फा–२१ ले स्थानीय समुदायमा समेत ‘नागरिक–सैनिक सहयोग’ क्रियाकलापअन्तर्गत आठवटा विभिन्न सहायता कार्य सम्पन्न गरेको छ । यसअन्तर्गत विभिन्न विद्यालयमा खेलकुल मैदान निर्माण, खेलकूद सामग्री वितरण, स्वास्थ्य परीक्षण शिविर सञ्चालन, स्थानीय सडकको निर्माण, खानेपानी वितरण, विद्यालय भवनमा रंगरोगन, चर्पी निर्माण र कापी कलम वितरण रहेका छन् ।

त्यस्तै नेपाली इञ्जिनियर गुल्म–२१ ले आफ्नो कार्यादेशबाहेक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति स्थापनार्थ तैनाथ शान्ति सेनालाई सहायक कार्यमार्फत विभिन्न सहायता प्रदान गरिरहेको छ । यसअन्तर्गत गुल्म–२१ले लुबेरो–कासुगो सडक मार्गमा पर्ने नौवटा पुलको मर्मत गरेको छ । यी र यस्तै परोपकारी कार्यका कारण नेपाली इञ्जिनियर गुल्म–२१ स्थानीय समुदायमा सकारात्मक सन्देश दिन सफल भएको छ ।

नेपाली शान्ति सेनाका जवान वा नेपालको राष्ट्रिय झण्डा अंकित सवारीसाधन देख्नासाथ स्थानीय समुदायका बालबालिका मुठ्ठी पारेको हातबाट बुढी औँला देखाएर ‘धम्बस् अप’का साथ खुशी हुँदै हार्दिकता प्रकट गर्ने गर्दछन् । “हामी बाहिर फिल्डमा काम गर्न जाँदा कहिलेकाहीँ स्थानीय बालबालिकालाई बिस्कुटलगायत खानेकुरा दिन्छौँ । अन्य मुलुकका सैनिकजस्तो रुखो व्यवहार देखाउँदैनौँ । बालबालिका हामीलाई देख्नासाथ झ्याम्मिन आइपुग्छन्,” नेपाली इञ्जिनियर गुल्म–२१ मा संलग्न श्री काली शक्ति गण (इ)का प्यूठ सूर्यबहादुर नेपालीले भने ।

नेपाली शान्ति सेना समुदायस्तरमा सञ्चालित सहायता कार्य तथा परोपकारी भावनाका कारण स्थानीयवासीको मन जित्न सफल भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति र स्थायित्व कायम गर्न स्थापित संयुक्त राष्ट्र संघीय निकायअन्तर्गत कार्यरत नेपाली इञ्जिनियर गुल्म–२१ ले उसको कार्यदक्षताको कदरस्वरुप सो निकायका सैन्य प्रमुखबाट दुईपटक प्रशंसापत्र प्राप्त गरिसकेको छ ।

कामान्गो–सिमिलिकि सडकमार्ग र बुनिया–बोगोरो सडकमार्ग पुनःस्थापना गर्न सफलता प्राप्त गरेकोमा नेपाली इञ्जिनियर गुल्म–२१ लाई सो कदरपत्र प्रदान गरिएको हो । यी दुवै महत्वपूर्ण सडक मार्गको पुनःस्थापना कार्यलाई संयुक्त राष्ट्र संघ मुख्यालयले उच्च प्राथमिकता दिएको थियो ।

संयुक्त राष्ट्र संघ शान्ति निकायअन्तर्गत कङ्गोमा २०७४ साउन २ मा नेपाली इञ्जिनियर गुल्म–२१ तैनाथ गरिएको हो । कङ्गोमा नेपाली सेना २०६० कात्तिक ६ गतेबाट कार्यरत रहेको छ । नेपालीबाहेक इन्डोनेशिया, दक्षिण अफ्रिका, बंगलादेश, उरुग्वे र चीनका सैन्य इञ्जिनियर गुल्म कङ्गोका विभिन्न भागमा कार्यरत छन् ।

कङ्गोको उत्तरी भागमा इन्डोनेशिया र नेपाली सेनाका इञ्जिनियर गुल्म, मध्यभागमा दक्षिण अफ्रिका र बंगलादेशका सेनाका इञ्जिनियर गुल्म तथा दक्षिणी भागमा उरुग्वे र चिनिया सेनाका इञ्जिनियर गुल्म तैनाथ छन् । नेपाली इञ्जिनियर गुल्ममा जम्मा १७५ जना सैनिक कार्यरत छन् । बुनियामा मुख्य कार्यालय रहेको नेपाली इञ्जिनियर गुल्ममा १०० जना सैनिक कार्यरत छन् भने बोगोरोमा ३० जना तथा माविविमा ४५ जना कार्यरत छन् ।

गुल्मपति प्रसाईंका अनुसार नेपाली इञ्जिनियर गुल्मले आफ्नो कार्यमा सामना गर्नुपरेका प्रमुख चुनौतीमा सुरक्षासम्बन्धी विषय, स्थानीय प्रतिकूल मौसम, ढुंगा÷गिट्टीको खानी टाढा हुनु र निर्माण कार्यस्थल तथा कार्य सञ्चालन आधार शिविरबीचको लामो दूरी रहेका छन् ।

उनले एकाध घटनाबाहेक नेपाली इञ्जिनियर गुल्मले कार्यक्षेत्रमा विद्रोही लडाकुद्वारा गरिने आक्रमणको सामना गर्नुपरेको छैन । तर कङ्गोका दुर्गम र द्वन्द्वग्रस्त क्षेत्रमा कार्यक्षेत्र रहेको नेपाली इञ्जिनियर गुल्मलाई सुरक्षालगायत उल्लिखित चुनौती विद्यमान छन् । इञ्जिनियर गुल्मका सैनिकमाथि निर्माण कार्यक्षेत्रमा लडाकु समूहबाट आक्रमण भइहालेमा पनि उनीहरुलाई प्रतिरक्षात्मक कारवाही गर्ने अधिकार छैन । उनीहरुलाई छुट्टै सैनिक दस्ताले सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

बुनियास्थित नेपाली इञ्जिनियर गुल्मको शिविरमा विभिन्न भवन तथा यन्त्रशाला रहेका छन् । मुख्य शिविरमा कार्यालय भवन, सैनिक आवास गृह, भान्छाघर र भोजनालय, व्यायामशाला, यन्त्रशाला तथा डोजर, लोडर, स्काभेटर ग्यारेज तथा पार्टपूर्जा भण्डारगृह रहेका छन् । यहाँस्थित विभिन्न यन्त्रको नियमित मर्मतसम्भार गुल्म आफैँले गर्ने गरेको छ ।

कङ्गोमा ८८९ नेपाली सैनिक कार्यरत छन् । यसमध्ये ७०१ जना शान्ति सेना गणअन्तर्गत, १७५ जना इञ्जिनियर गुल्मअन्तर्गत र १३ जना सैन्य अधिकारी तथा अवलोकनकर्ता छन् ।

नेपाली शान्ति सेना २०७० कात्तिक ५ गते कङ्गोमा तैनाथ गरिएको हो । हाल कङ्गोमा ५० देशका शान्ति सेना कार्यरत रहेका छन् । इञ्जिनियर गुल्म–२१ लाई बदली गर्न इञ्जिनियर गुल्म–२२ को टोली कङ्गो प्रस्थान गरिसकेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो अल्जेरिया पछिको अफ्रिका महादेशको ११ औँ ठूलो देश हो । यसको जनसंख्या सात करोड ८० लाख रहेको छ । यसको उत्तरतर्फ सेन्ट्रल अफ्रिकन रिपब्लक र दक्षिणी सुडान, पूर्वतर्फ युगाण्डा, रुवान्डा, बुरुन्डी र तान्जानिया, दक्षिणतर्फ जाम्विया, दक्षिण पश्चिमतर्फ अंगोला तथा पश्चिमतर्फ गणतन्त्र कङ्गो र आन्ध्र महासागर पर्दछन् ।

खनीज पदार्थमा सम्पन्न कङ्गो लामो द्वन्द्व र अस्थिरताबाट गुज्रेको मुलुक हो । सन् १९९४ मा रुवान्डामा भएको आम नरसंहारको प्रभावस्वरुप यो देशको पूर्वी भागमा अस्थिरताको शुरुवात भयो । तुत्सी जातिबाट शासित रुवान्डाले सन् १९९६ मा पूर्वी कङ्गोमा आक्रमण गरी नियन्त्रणमा लिएपछि युद्ध भड्केको थियो । त्यस युद्धलाई प्रथम कङ्गो युद्ध भनिन्छ ।

त्यसपछि कङ्गोमा भएको युद्धलाई दोस्रो कङ्गो युद्ध भनिन्छ । अफ्रिकाको विश्व युद्ध नाम दिइएको यो युद्धमा नौवटा देश कङ्गोको भूमिमा युद्धरत रहेको मानिन्छ । सन् २००२ अप्रिलमा भएको सनसिटी सम्झौता, सन् २००२ जुलाइमा प्रिटोरियामा रुवान्डा र कङ्गोबीच भएको सम्झौता तथा लुवान्डामा भएको युगान्डा र कङ्गोबीचको सम्झौता पछि अधिकारिकरुपमा युद्धको अन्त्य भयो र सन् २००३ जुलाइमा त्यहाँ संक्रमणकालीन सरकारले सत्ता सम्हाल्यो ।

पूर्वी कङ्गोमा शान्ति प्रक्रिया कमजोर अवस्थामा छ । यो क्षेत्रमा विभिन्न हतियारधारी जातीय समूह सक्रिय छन् जसको कारण स्थानीय सर्वसाधारण जनता आतंकित छन् तथा यस क्षेत्रमा दिगो शान्ति स्थापना गर्ने कार्यमा अवरोध आएको छ ।

दोस्रो कङ्गो युद्धको समाप्तिपछिको शान्ति प्रक्रियालाई अनुगमन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको सुुरक्षा परिषद् प्रस्ताव नं १२७९ र १२९१ द्वारा स्थापित निकाय हो । यो निकाय सन् २०१० देखि यहाँ कार्यरत छ ।

गुल्ममा कङ्गोका ‘गोविन्द’ र ‘साइँला’

गुल्ममा कङ्गोका दुइजना युवा पनि कार्यरत छ्न् । उनीहरुमध्ये एकको नाम गोविन्द हो भने अर्कोको नाम साइँला । कङ्गोली गोविन्द र साइँलालाई नेपाली भाषा राम्रोसँग बोल्न आउँछ । तपाईको घर कता हो भन्ने प्रश्नमा गोविन्दले ठट्यौउली पारामा ‘पोखरा, गोरखा र हेटौँडा’ भन्ने जवाफ दिए । उनलाई नेपाली गीत पनि गाउन आउँछ । एउटा नेपाली गीत सुनाउन अनुरोध गर्दा गोविन्दले ‘सुन साइँली ….’ बोलको गीत हुबहु नेपाली लवज र शैलीमा गाएर सुनाएका थिए ।

नेपाली सैनिक जवानसँग विगत पाँच–छ वर्षको नियमित उठबस र संगतले यी दुई कङ्गोली युवामा प्रशस्त नेपालीपन भरिसकेको छ । यतिसम्म कि उनीहरुको बोलीचाली र अभिव्यक्ति शैलीमा पनि फौजी लवज भेटिन्छ । नेपाली सैन्य जवानजस्तै गोविन्द र साइँला पनि आफ्नो बोलीचालीमा ‘हजुर’, ‘साप’, ‘हस्’जस्ता शब्दको प्रयोग गर्न र नेपाली भावभङ्गीमा पोख्त भइसकेका छन् ।

नेपाली इञ्जिनियर गुल्मको लागि उनीहरुले कहिलेकहीँ दोभाषेको रुपमा पनि काम गर्ने गरेका छन् । गुल्ममा सहयोगीका रुपमा कार्यरत गोविन्द र साइँलालाई खानासहित पारिश्रमिक पनि दिने गरिएको छ ।

नेपाली सैनिकसँगको साथले उनीहरुमा पनि नेपाल भ्रमण गर्ने लालसा पलाएको छ । नेपाल घुम्न कहिले जाने त भन्ने प्रश्नमा हँसिला गोविन्दले भने, “मौका मिले भविष्यमा जान्छु होला ।” रासस