२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यमन्त्रीको सरकारी गाडीलाई ट्राफिक प्रहरीले तरियो जरिवाना

सार्वजनिक बिदामा अनुमति नलिई चालकले सञ्चालन गरेको राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई कैलाली ट्राफिक प्रहरीले कानुनबमोजिम पाँच सय रुपैयाँ जरिवाना गरेको छ।

अ+ अ-

काठमाडौँ । सार्वजनिक बिदाको दिन अनुमति नलिई सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेश ०१-००१ झ ०३९७ नम्बरको सरकारी गाडीलाई पाँच सय रुपैयाँ जरिवाना गरेको हो।

कार्यालयका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार सार्वजनिक बिदाका दिन आवश्यक अनुमति नलिई सरकारी गाडी सञ्चालन गरिएको पाइएपछि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कारबाही गरिएको हो।

निषेधित समयमा सरकारी सवारीसाधन प्रयोग गरेको कसुरमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिएको आचार्यले बताएका छन्।

प्रहरीका अनुसार गाडी सञ्चालन गरिएको समयमा राज्यमन्त्री कुँवर भने त्यसमा सवार थिइनन्। चालकले मात्रै सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको पाइएको ट्राफिक प्रहरीको भनाइ छ।

0 Comments