२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

हरितालिका तीज २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य-मान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका हुन् । 

मुख्यमन्त्री भट्टले तीज पर्वले दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

“नारी एकता, सम्मान, समानता र सशक्तीकरणको सन्देश बोकेको तीज पर्वले समाजमा आपसी सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गरोस्, हार्दिक कामना गर्दछु”, उनले भनेका छन् । 

0 Comments