१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकमा आत्मघाती आक्रमण, दुई प्रहरी अधिकारीको मृत्यु

अ+ अ-

बग्दाद । तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ । यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोटन गराएका थिए ।

उक्त स्थान किर्कुक प्रान्तको प्रान्तीय शहर नामेकाकेबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ । हवीजाह प्रहरीका प्रवक्ता मोस्ताफा अब्दुल राजाक आक्रमण र हताहतको पुष्टी गर्नुभएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस)ले आक्रमण गराएको हुनसक्ने सुरक्षा अधिकारीको दाबी गरेका छन् ।

इराकी सुरक्षा बलले आइएस आतङ्ककारी विरुद्ध पश्चिम किर्कुकको हवीजाह क्षेत्र, मोसुल र सलाहुदिन प्रान्तमा कारबाही जारी राखेपछि बर्षौदेखि आफ्नो बलियो पकड रहेको यस इलाकाबाट गएको केही महिनायता दर्जनौ आइएस आतङ्ककारी त्यहाँबाट भाग्न बाध्य भएका थिए ।

अतिवादी समूहले एक पटक कब्जा लिएको सबै इलाका इराकी सुरक्षाबलले पुनः कब्जा लिएपछि सन् २०१७ को डिसेम्बरमा इराकी सरकारी अधिकारीले इराक आइएस आतङ्ककारीकबाट मुक्त भएको दाबी गरेको थियो ।

यद्यपी हाल पनि नगर र ग्रामीण इलाकामा आइएस आतङ्ककारीको उपस्थिति रहेको र उनीहरुका आफूहरुलाई पुनः समूह बनाउँदै आक्रमण गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस