२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर

अ+ अ-
1. उपत्यकाका चार नारायणहरू(चांगु, इचंगु, विशंखु, शेष नारायण) स्थापना गर्ने राजा कुन हुन् ? 
A.विष्णु गुप्त B. हरिदत्त C. भीमदत्त D. मानदेव
2. लाल दरबारको निर्माण कसले गरेका हुन् ? 
A. जुद्ध शमशेर B. चन्द्र शमशेर  C. वीर शमशेर  D. भीम शमशेर
3. जोडा मिलाउनुहोस् ।
a. मिलिटरी अस्पताल 1. अभिमान सिंह बस्नेत
b. ‍तिलंघा घर 2. रणबहादुर शाह
c. जगन्नाथ मन्दिर(टुँडिखेल) 3. चन्द्र शमशेर
d. जैसिदेवल 4. लक्ष्मी नारायण शर्मा
A.a3b2c1d4  B. a3b1c2d4  C.a2b4c3d1 D.a2b3c4d1
4. कुन सही छ ?
a. घण्टाघर आगलागी – वि.सं. 2038
b. नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना – वि.सं. 2014
c. विकेन्द्रकरण ऐन प्रारम्भ- वि.सं. 2039
A.  a ,b B.a,c C.b,c D.a,b,c
5. जैथक युद्धको बारे कुन गलत छ ? 
A. अङ्ग्रेज फौजले वि.सं. 1872 असोज 9 मा आक्रमण गरेको थियो ।
B. अङ्ग्रेजको तर्फबाट मेजर रिचर्डस् र मेजर लुड्लोको नेतृत्वमा थियो ।
C. उक्त किल्लामा नेपालका तर्फबाट रण जोर सिंह र जस पाल थापाको नेतृत्वमा थियो ।
D. उक्त युद्धमा अंग्रेजले जितेको थियो ।
6. भीम शमशेरले जमीनदारी प्रथा सुधार ल्याउन तेज शमशेरको नेतृत्वमा सन् 1931 मा गठन गरेको कमिसन (आयोग)लाई के भनिन्थ्यो ?
A. उखडा जाँच कमिसन
B. ऐन खाना जाँच कमिसन
C. भेल छेड जाँच कमिसन
D. जिमीनजोताई जाँच कमिसन
7. तलका भनाई अध्ययन गरी ठिक/बेठिक छुट्ट्याउनुहोस् ।
१. नेपालको इतिहासमा तिरहुत राज्य स्थापना हालको सिम्रौनगढमा भएको थियो ।
2. तिरहुत वंशीहरु आफूलाई कर्णाटक वंशी भन्न रुचाउँथे ।
3. तिहुतहरुले कहिले पनि काठमाडौँ उपत्यकामा आक्रमण गरेनन् ।
A.सबै ठिक B. 1,2 ठिक 3 बेठिक  C. सबै बेठिक D. 1,3 ठिक 2 बेठिक
8. नेपालका राष्ट्रिय विभूतिहरू र घोषणा मिति कुन गलत छ ?
A. भानुभक्त आचार्य – वि.सं. 2024
B. अरनिको – वि.सं. 2030
C. शंखधर सा ख्वा – वि.सं. 2056
D. तपस्वी महागुरु फाल्गुणनन्द – वि.सं. 2059
9. राणाकालिन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?
A. बिन्तीपत्र
B. प्रतिहार
C. इस्तिहार
D. ज्ञान पत्र
10. नेपालमा सर्वप्रथम हवाईजहाज कहिले अवतरण भएको थियो ? 
A. वि.सं. 2006 वैशाख 11
B. वि.सं. 2007 वैशाख 11
C. वि.सं. 2006 जेठ 11
D. वि.सं. 2006 वैशाख 21
11. तलको भनाई अध्ययन गरी ठिक/बेठिक छुट्ट्याउनुहोस्?
१. नेपाल वि.सं. 2056 माघ 12 गते देखि ISBN मा आबद्ध भएको हो ।
2. नेपाल ISBN प्राप्त गर्ने विश्वको 153 औँ राष्ट्र हो ।
3. नेपालमा ISBN प्रदान गर्ने आधिकारिक निकाय त्रि.बि पुस्तकालय हो ।
4. ISBN हाल 14 अङ्कको बनाइएको छ ।
A.1,2 ठिक 3,4 बेठिक B. 1,2,4 ठिक 3 बेठिक  C. 1,2,3 ठिक 4 बेठिक D. सबै ठिक
12. कुन राष्ट्रिय जनगणना देखि पहाडमा भन्दा तराईमा जनसङ्ख्या बढेको थियो ? A. वि.सं. 2038
B. वि.सं. 2048
C. वि.सं. 2058
D. वि.सं. 2068
13. देवानी फौजदारी मुद्दा हेर्ने कोटलिङ र इटापचली अदालत कसले चलाएका हुन् ? 
A. जङ्ग बहादुर राणा
B. चन्द्र शमशेर
C. वीर शमशेर
D. भीम शमशेर
14. प्रधानमन्त्री भीमसेन थापालाई कसको मृत्युको दोष लगाइएको थियो ?
A. युवराज सुरेन्द्र
B. युवराज त्रैलोक्य
C. युवराज देवेन्द्र
D. माथिका सबै
15. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. विक्रम सम्मतको सुरुवात चन्द्र शमशेरको पालामा भएको हो ।
2. अलि पर्वलाई राजाले घटाएको पर्व भनिन्छ ।
3. कान्तिपुरका राजा जयप्रकाश मल्ल हार पश्चात् भागेर ललितपुर गई षडयन्त्रमा लागेका थिए ।
A. १ मात्र ठिक B. 1,2 मात्र ठिक C. 2,3 मात्र ठिक D. सबै ठिक

उत्तरहरुः

1. B 2. C 3. B 4. D 5. D 6. A 7. B 8. D 9. C
10. A  11. C 12. C  13. B 14. C  15. D

प्रस्तुतीः
भुवन ज्ञवाली

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

https://www.prasashan.com/category/loksewa/