१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…

अ+ अ-

काठमाडौं । “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।”

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहेका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर बिहान ८ः ३० बजेदेखि आफ्नी श्रीमती महाकाली घिमिरेसहित बैठककक्षमा राष्ट्रपतिको प्रतीक्षामा बसिरहेका थिए ।

करीब १० मिनेटको भलाकुसारीमा उनीहरुबीच स्वास्थ्य स्थिति र आपसी कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले आफूले सय वर्ष पुगेका स्रष्टालाई यसरी शुभकामना दिन पाएको अनुभव हालसम्म नभएको सुनाउँदै उनलाई सुस्वास्थ्य, दीर्घायू र सिर्जनशील जीवनको शुभकामना दिइन्।

निस्कने बेलामा राष्ट्रपतिले राष्ट्रकविले विभिन्न समयमा प्राप्त गरेका सम्मान तथा पुरस्कारका प्रमाणपत्र र ताम्रपत्र राखिएको कक्षको अवलोकन गरिन् । कोठाभरि मान्छेभन्दा अग्ला आकारका ताम्रपत्र र सम्मानपत्र सजाइएको थियो । साँघुरो त्यो कोठामा छविकार तस्वीर लिन तछाडमछाड गरिरहका थिए । औंपचारिक समारोह भन्दा फरक शैलीमा राष्ट्रकविलाई सम्मानभाव व्यक्त गर्न तथा जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी घिमिरे निवास पुग्नुभएको थियो ।

आफन्तजन, पाठका लागि आमन्त्रित पण्डित, सञ्चारकर्मी र सुरक्षाकर्मीकाका कारण घुइँचो देखिएको घिमिरे निवासमा राष्ट्रपतिलाई घिमिरेका छोराछोरीले स्वागत गरेका थिए । गत वर्षको ९९ औँ जन्मदिनमा राष्ट्रपति भण्डारीले आफ्ना प्रमुख स्वकीय सचिवलाई पठाई शुभकामना दिदिएी थिइन्।

लमजुङको मस्र्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि घिमिरेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले जीवनमा कविता र सिर्जनालाई सधैँ पहिलो प्राथमिकता दिँदै आएको बताए ।

परिवारका लागि भन्दा सिर्जना र देशका लागि आफ्नो जीवन व्यतित भएको र आफूलाई प्राप्त सम्मान एवं सद्भाव आफ्नो सम्पति भएको उनले बताए । राष्ट्रकवि घिमिरेले भने, “हामीले हाम्रो शरीर र इन्द्रियलाई अनावश्यकरुपमा चलाउनु हुँदैन । नचाहिने कुरा खाने र नचाहिने कुरा बोल्ने गर्नु हुँदैन । यो भगवानले दिएको शरीरलाई देश र समाजको हितमा प्रयोग गर्नुपर्छ ।”

कुनै त्यस्तो इच्छा बाँकी छ, भन्ने जिज्ञासामा उनले आफ्नो प्रकाशोन्मुख महाकाव्य “ऋतम्भरा” का दुई सर्ग लेख्न बाँकी रहेको बताए । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस