२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन आवश्यक छ : नेता पौडेल

अ+ अ-

वीरगञ्ज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् ।

काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए । उनले काङ्ग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए ।

केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी हो भने ।

विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोलेका थिए । भेलामा प्रदेश नं. २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ । रासस