२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैं सुरु, घरघरमा जमरा राखिँदै

अ+ अ-

काठमाडौं । हिन्दू नेपालीहरूको मुख्य चाड दसैं आज सुरु भएको छ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखिँदैछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत बिहान ७ः१५ मा रहेको छ ।

हिन्दू धर्मावलम्बीहरूले असोज शुक्ल प्रतिपदा (घटस्थापना)को दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने गर्छन् । आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।

आज राखिएको जमरालाई टीकाको साइतमा फूलको रूपमा प्रयोग गर्ने प्रचलन छ ।

जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । टीकाको दिन मान्यजनको हातबाट टीका ग्रहण गर्दा जमरा नै प्रयोग गरिन्छ ।

जमरा राख्नुअघि घर शुद्ध गर्नुपर्ने मान्यता छ । त्यसपछि शुद्ध माटोमा जमरा छरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।