२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई

अ+ अ-

काठमाडौं । फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।

पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले आज ‘खोज पत्रकारिता पुरस्कार’ ‘हिमाल’ खबर पत्रिकाका विशेष संवाददाता रमेश कुमार (काठमाडौं) र ‘साहसिक पत्रकारिता पुरस्कार पत्रकार रामविकास चौधरी (रुपन्देही) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

संयोजक विरही रहेको पुरस्कार छनोट समितिका सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, खोज पत्रकारिता केन्द्रका प्रधानसम्पादक शिव गाउँले, नेपाल वातावरण पत्रकार समूहका तर्फबाट आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापक बद्री पौडेल र फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहाल छन् ।

खोज पत्रकारितामार्फत देशको प्रशासनिक, आर्थिक नीति र तिनको कार्यान्वयनमा लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका निकायका कमजोरी राज्य शक्ति तथा स्रोतको दुरुपयोग जस्ता विषय, पाठकलाई सचेत गराई नीति तथा व्यवहारमा सुधार ल्याउन र सुशासन निर्माणमा योगदान पु¥याएवापत खोज पत्रकारिता पुरस्कार रमेशलाई प्रदान गरिएको हो ।

विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बाबजुद निडर रही स्थानीय तहमा भएका प्रशासनिक तथा आर्थिक विसङ्गति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजबिन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिएको हो । प्रशंसापत्रसहित पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । दुवै पुरस्कार पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रदान गरिनेछ ।