७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलको अभाव हुँदा कैलालीका किसान चिन्तित

अ+ अ-

धनगढी । धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो । मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन चौधरीले गुनासो गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा सरकारी अनुदानको युरिया र डिएपीको मौज्दात सकिएको तथा अनुदान नभएको सिङ्गल सुपरफस्पेट र एमोनियम फस्फेट मल मात्र मौज्दात रहेको बताए ।

यद्यपि अनुदान नभएको मलमा किसानको माग त्यति नरहेको बताइएको छ । मलको समयमै आपूर्ति नगरिएको भन्दै आक्रोशित किसानको समूहले केही दिन अघि कृषि सामग्री लिको धनगढीस्थित कार्यालयमा तालाबन्दीसमेत गर्नुका साथै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि प्रदर्शनसमेत गरेका थिए ।

कृषि सामग्री कम्पनी धनगढी कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले मल ढुवानीकर्ताको लापर्वाहीले गर्दा मल समयमै आपूर्ति हुन नसकेर अभाव सिर्जना भएको बताए । साल्ट ट्रेडिङ र कृषि सामग्रीले सहकारी संस्थामार्फत् अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई मौसममा गरिने खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मेट्रिक टन बढी रासायनिक मलको आवश्यकता पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस