२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिजीमा बेनीमारामाको दललाई झिनो बहुमत

अ+ अ-

फिजी । फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमारामाको फिजीफर्स्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ ।

फिजीको निर्वाचन आयोगका अनुसार फिजीफर्स्ट पार्टीले संसदमा तीन सिट बढी स्थान जितेको छ । फिजीमा चार दिनअघि संसदको निर्वाचन भएको थियो । बैनीमारामा सन् २००६ देखि फिजीको प्रधानमन्त्री छन् । हाल न्यूजील्यान्डमा रहेका बैनिमारामाले एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै पुनः बहुमत प्राप्त गरी जनताको सेवा गर्ने मौका पाएकामा मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

फिजीफर्स्ट पार्टीले चुनावमा ५०.०२ प्रतिशत मत प्राप्त गरेको थियो । उक्त मतका आधारमा फिजीफस्र्ट पार्टीले २७ स्थान जितेको छ ।

पूर्व प्रधानमन्त्री सिटीवेनी राबुकाको नेतृत्वमा रहेको मुख्य विपक्षी दल सोडेल्पा पार्टीले ३९।८ प्रतिशत मत प्राप्त गरेको छ । साथै, नेसनल फेडेरेसन पार्टीले ७.३८ प्रतिशत मत पाएको छ । ५१ कूल स्थान रहेको फिजीको संसदमा विपक्षी दलले २४ स्थान पाएका छन् ।

यसअघि सन् २०१४ मा भएको संसदीय चुनावमा फिजीफस्र्ट पार्टीले ५९।१७ प्रतिशत मत प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले यस पटकको चुनाव विगतको तुलनामा बढी स्वच्छ र पारदर्शी भएको बताएका छन् ।

सन् २००६ मा रक्तपातविहीन विद्रोह गरी सत्तासिन भएका बैनीमारामाले पहिलोपटक सन् २०१४ मा चुनाव गराएको थियो । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेपनि उनले पछिल्ला वर्षहरुमा फिजीको राजनीतिलाई प्रजातान्त्रिकीकरण गरेका छन् । राससरएएफपी