२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राज्यले कानुन पालना नगर्दा दण्डहीनता वृद्धि’

अ+ अ-

चिप्लेढुङ्गा । राज्यले आफैँले बनाएको कानुनको सही कार्यान्वयन गर्न नसक्दा दण्डहीनता बढिरहेको आज आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराले आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९’ को प्रकाशन पूर्वसमीक्षा कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दीपकजङ्गध्वज कार्कीले कानुनको सही कार्यान्वयन गर्ने प्रहरीले घटनाको उजूरी नलिने र उजूरी लिएका घटना दर्ता नगर्ने जस्ता कार्यले मानवाधिकारको प्रत्याभूत हुन नसकेको बताए ।

उनले मानवाधिकार उल्लङ्घनका घटना भइरहेको तर कारण र त्यसको निवारणतिर चासो दिन नसक्दा मानवाधिकार उल्लङ्घनका घटना बढिरहेको बताउँदै भने, “मानवअधिकार शिक्षालाई जवाफदेहीमुखी बनाऔं, अनि जवाफदेही निकायसंँग जवाफ मागौंँ ।”

कार्यक्रममा इन्सेक,कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले सन् २०१८ जनवरीदेखि हालसम्म कास्की जिल्लामा भएका मानवअधिकार हनन तथा ज्यादतीका घटना विवरण प्रस्तुत गर्दै कास्कीमा राज्य र गैरराज्य पक्षबाट भएका विभिन्न घटनामा परी २२२ व्यक्ति प्रभावित भएको तथा राज्य पक्षबाट भएका घटनामा परी ५९ जना तथा गैरराज्य पक्षबाट भएका घटनामा १६३ जना पीडित भएको जानकारी दिए ।

कार्यक्रममा सहभागीले शक्तिसम्पन्न वर्गले न्यूनवर्गलाई राजनीतिक शक्तिको आडमा दबाउने प्रवृत्ति हावी हुँदा पीडित सधैँ अन्यायमा परेको बताउँदै कानुनको कार्यान्वयनको अभाव र शक्तिको पहुँचले मानवाधिकारको विषयलाई सधैँ गौण बनाउँदा समाजमा हत्या, हिंसा र अपराध बढ्दै गएको विचार राखे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले वर्ष पुस्तकमार्फत इन्सेकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा नेपालको मानवाधिकारको अवस्था चित्रण गर्ने, राज्यलाई मानवाधिकारको संरक्षणका लागि जवाफदेही बनाउने तथा मानवाधिकारको सचेतना जगाउने काम गरेको बताए । रासस