२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

अ अ+ अ-

दमौली (तनहुँ) । भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जितेको हो ।

पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय १४ पदकसहित दोस्रो स्थानमा रहेको छ । बालशैक्षणिकले दुई स्वर्ण, नौ रजत र तीन कास्य पदक जितेको छ । भिमाद नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालयले तीन स्वर्ण, दुई रजत र दुई कास्य गरी सात पदक जितेको छ । धर्म माध्यमिक विद्यालयले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक प्राप्त गरेको छ । त्यस्तै, माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलले दुई स्वर्ण, तीन रजत र पाँच कास्य गरी १० पदक जितेको छ । मङ्गलोदय माध्यमिक विद्यालयले पनि तीन स्वर्ण, एक रजत र छ कास्य गरी १० पदक प्राप्त गरेको छ ।

शंकर माध्यमिक विद्यालयले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जितेको छ। अमर भूपू सैनिक बोर्डिङ स्कुलले तीन स्वर्ण र एक रजत गरी चार पदक प्राप्त गरेको छ भने सिद्धार्थ माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र दुई कास्य गरी चार पदक जितेको छ । हिमालय माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र तीन कास्य गरी पाँच पदक प्राप्त गरेको छ । भिम मेमोरियल बोर्डिङ स्कुलले चार रजत र एक कास्य गरी पाँच पदक जितेको छ ।

यसैगरी, रघु माध्यमिक विद्यालयले तीन कास्य, पार्वती माध्यमिक विद्यालयले एक कास्य, दीपक माध्यमिक विद्यालयले तीन रजत, पाटन बोर्डिङ स्कुलले एक कास्य तथा बुचाखानी माध्यमिक विद्यालयले एक रजत र एक कास्य गरी दुई पदक प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले खेलकुदमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । 

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै विद्यालयबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए । उनका अनुसार नगरपालिकाले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको भूमिका बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।   

0 Comments