काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा अपाङ्ग संघले धर्ना दिएको छ ।
कांग्रेसमै आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपाङग संघले पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो ।
संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पार्टीको सबै निकायमा संघले अपाङ्ग प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो ।







