१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिफल आउने गरी काम भइरहेको छ : मन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले ‘जो कोही मान्छे आफ्नो ठाउँमा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती पनि हुन्छन्, तर हामी कामको नतीजा आउनेतर्फ सचेत छौँ’, भने ।

सरकारले नौ महीनाको अवधिमा गरेका कामहरुलाई अंश अंशमा हेर्नेभन्दा पनि ठिक्कैमा प्रतिफल खोेजेर केही पनि काम भएन भन्नु दुर्भाग्य हुने सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ ।

‘सरकार आलोचनाबाट डराउने होइन, तर अनुरोध यत्ति हो, वास्तविकता होस्, एक पक्षीय हुनु हुँदैन, मिडियाले आलोचनात्मक चेत राख्नुपर्छ, तर मिडिया आफैँ प्रतिपक्ष हुँनुुहुँदैन भन्ने मात्रै हो, प्रतिपक्ष त अर्कोको काम हो, मिडियाले त तथ्य पस्किनुपर्छ, त्यसको भागिदार सरकार हुने ठाउँमा सरकार वा अरु हुने ठाउँमा अरु हुन्छन्’, मन्त्री बाँस्कोटाले भने ।

सरकारले सञ्चारको क्षेत्रमा समानुपातिक विज्ञापन, पत्रकारको २५ प्रतिशत तलब वृद्धिलगायतका महत्वपूर्ण काम गरेपछि पत्रकार महासङ्घलगायतका संघसंस्थाले नै कार्यान्वयन गर्ने विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।

मन्त्री बाँस्कोटाले काउन्सिलले प्रदान गर्ने यो वर्षको ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ नयाँ पत्रिका दैनिक र अनलाइन डट कमका सम्पादकद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरे । पुरस्कारको राशि जनही रु २ लाख ५० हजार रहेको छ ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले पत्रकारको क्षमता विकास, योगदानको कदर गर्दै सुखदुःखको साथी रहेको बताउँदै पत्रकार आचारसंहिताप्रति सजग र सचेत भएमा पत्रकारमाथि हुने अवाच्छित आक्रमणलाई ८० प्रतिशत कम गर्न सकिने धारणा राखे ।

सो अवसरमा सानीमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले पत्रकारको योगदानको कदर गर्न पुरस्कारको स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस