२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय ग्राहक कालो सूचीमा

अ+ अ-

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् ।

कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट ९५ लाख २४ हजार ७७ असुल गर्न बाँकी रहेको छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो ।

कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने काम भइरहेको उनले जानकारी दिए । कालो सूचीमा रहेका अन्य सात जनाले बक्यौता रकम बुझाइसकेका छन् । उनीहरुबाट रु एक लाख ८४ हजार ६९२ असुली गरिएको छ । सोही क्रममा ३५० भन्दा बढीको लाइन काटी बक्यौता असुली गरिएको छ ।

वितरण केन्द्रका अनुसार हाल विभिन्न ग्राहकबाट रु ३८ करोड २९ लाख २४ हजार ६९४ बक्यौता असुल गर्न बाँकी रहेको छ । बक्यौता रहनेमा सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन (घरायसी) को रु सात करोड ८३ लाख ३४ हजर ८३, गैर व्यावसायिक संस्थाको रु दुई करोड १९ लाख २५ हजार ६३२ रहेको छ । सिँचाइको रु दुई करोड ३१ लाख ८९ हजार ३९९, उद्योगको रु ९३ लाख ३१ हजार १४२, व्यावसायिक सङ्घसंस्थाको रु ४७ लाख १८ हजार ९८४, घरायसीबाहेक अन्य प्रयोजनका लागि रु ३७ लाख १० हजार १३६ र खानेपानी रु १० लाख ९५ हजार ११४ बक्यौता रहेको छ ।

यस्तै अस्थायी बत्तीबापत रु चार लाख २३ हजार ३२९ र मठ मन्दिरको रु दुई लाख २३ हजार ३१८ रहेको छ । राजथलाका अनुसार सबैभन्दा बढी सडक बत्तीको बक्यौता रहेको छ । सडक बत्तीबापत रु २३ करोड चार लाख ८३ हजार ४४९ भुक्तानी मिलान गर्न बाँकी रहेको छ । रासस