२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजन अध्यादेशप्रति कांग्रेसको विरोध

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत हुने क्रममा विरोध जनाएको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्ने समयमा कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेससांसदहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले सांसद दिलेन्द्रप्रसाद बडूलाई बोल्न समय दिएका थिए ।

सांसद बडूले सरकारले संसद् अधिवेशन शुरु हुनेपूर्व सन्ध्यामा छोटो समय पनि प्रतीक्षा नगरी उक्त अध्यादेश ल्याएकोप्रति आपत्ति प्रकट गरे। सरकारको यो कदम लोकतान्त्रिक प्रद्धतिविरुद्ध रहेको बताउँदै उनले भने ‘अध्यादेश सदनमा पेश हुनुअगावै एकातिर सामान्य प्रशासनमन्त्रीले प्रेस सम्मेलन गरी यही अध्यादेश लागू हुन्छ भनेर घोषणा गर्ने र अर्कोतिर सदनमा प्रस्तुत गर्नु विरोधाभास छ ।’

अध्यादेशका व्यवस्थाप्रति विरोध जनाउँदै कर्मचारी आन्दोलित भएको र कर्मचारीको वृत्ति विकास अवरुद्ध हुने गरी अध्यादेश आएको भन्दै कांग्रेस नेता बडूले यो प्राकृतिक न्यायको सिद्धात्त विपरीत छ भने । उनले तत्काल सरकारले संघ, प्रदेश र स्थानीय तह निजामती सेवा ऐन पेश गरी कर्मचारीका समस्या सामाधान गर्नुपर्ने धारणा व्यक्त गरे । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको हो ।