२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तमु ल्होसार’को शुभकामना दिँदै राष्ट्रपतिले भनिन् : चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको छ

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होसार’जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएकी छन्।

‘तमु ल्होसार’को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताएकी हुन्।

राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वर्द्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

उपराष्ट्रपति पुनले आज एक शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताए।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उनले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी समिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दका लागि संसारभरि नै सुपरिचित रहेको उल्लेख गरे।

उपराष्ट्रपति पुनले विविधताबीच राष्ट्रिय एकता हुनु नेपालीको विशेषता हो भन्दै हाम्रा मौलिक धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताए।

पुनले तमु ल्होसारले नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने तथा मौलिक संस्कृतिको संरक्षण एवम् प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरे।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताएका छन्।

‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई आज शुभकामना सन्देश दिँदै उनले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको उल्लेख गर्दै भने, ‘विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन।’

हामी लामो समय राजनीतिक हकअधिकार प्राप्तिको सङ्घर्षमा होमिनुपर्दा देशले विकासको गति लिन नसकेको र जनताले अभाव, अशिक्षा एवम् गरिबी भोग्नुपरेको बताउँदै उनले नेपालमा राजनीतिक मुद्दा सकिएकाले अब आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेको दाबी गरे।

प्रधानमन्त्री ओलीले सन्देशमा भने, ‘सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान सुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हुँदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ।’

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिका आफ्ना आफ्नै खालका विशेषता र आफ्नै संवत्, संस्कृति र चाडपर्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसैमध्येका एक तमु जातिले ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरेको बताए। रासस