२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला पन्त हत्या प्रकरणमा जो दोषी भए पनि छाड्न नहुने : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले निर्मला पन्त हत्या प्रकरणमा काँग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुने बताएका छन् ।

पार्टीको महासमिति बैठकमा बोल्दै उनले सो कुरा बताउँदै पत्रकारले पनि दोषी खोज्न सहयोग गर्नुपर्ने बताए ।

यस्तै उने कांग्रस पार्टी समावेशी र पारदर्शी पार्टी भएको समेत बताएका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो भन्दै पार्टीले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको स्पष्ट गर्नुभयो । पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उनले बताए ।

महामन्त्री डा. शशाङ्क कोइरालाले कम्युनिष्टहरुले आफूँसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर काँग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको भन्दै दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गरे ।

पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी दिनमा सदन र संसद्मा पार्टीको भूमिका बढाइने, प्रशिक्षण एवं सङ्गठन सुदृढ गरिने तथा निर्वाचन जित्न निरन्तर तयारी गरिने जानकारी दिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले पत्रिकाका स्तम्भकार, नागरिक समाज आदिसँग निरन्तर अन्तरक्रिया गरिरहेको र आगामी दिनमा पनि सुझावहरु लिइरहने बताए ।

यस्तै विभिन्न मिडिया लगायतका प्रतिनिधि एवं वुद्धिजीवीले काँग्रेसलाई आफ्नै सिद्धान्त र धरातलमा उभिन, आफ्नो स्थिति स्पष्ट गर्न, कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र प्रजातान्त्रिक समाजवादबारे भिन्नता छु्ट्याउन, धर्मबारे स्पष्ट विचार राख्न, सत्तामा आउने मार्गचित्र तयार गर्न, नयाँ मतदातालाई सन्देश दिन, राजनीतिक कार्यदिशा स्पष्ट गर्न, संसद् अवरुद्ध नगर्न, आफ्ना गल्तीको इमान्दारीपूर्वक समीक्षा गर्न, जनतासँग संवाद गर्न, सङ्घीयता र धर्मनिरपेक्षताबाट पछि नहट्न, मुलुकको समृद्धिको नेतृत्व गर्न सुझाव दिएका थिए ।