२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज तीन दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल छ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७, वित्त शून्य दशमलव ८९, निर्जीवन बीमा २३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बीमा १९७ विन्दुले वृद्धि भएको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कोवेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी गुमाएका छन् ।