२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल निर्माण भएको एक दशकपछि बाटो आयो संचालनमा

अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले बल प्रयोग गरी मरिनयारी–पर्सौनी सिरिसिया पुलको बाटो संचालन गराएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ पर्सौनिको इटियाही टोलमा स्थित सिरिसिया नदी पुल निर्माण शिलान्यासको एश दशक पछि बिहिबार देखि उक्त बाटो संचालनमा आएको हो ।

एैलानि जग्गा अतिक्रमण गरी बनाइएका आधा दर्जन पक्कि,खपडा तथा फुसका घर गोठहरु बल प्रयोग गर्दै महानगरपालिकाले भत्काइएपछि बाटो संचालनमा आएको हो ।

वडा नम्बर २३का वडाअध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानिय जनप्रतिनिधि तथा समाजसेवीहरुको सक्रिय सहयोगमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म कुमार भूसालको नेतृत्वमा इटियाही पुगेको टोली विहिबार दिउसो घर टहरा भत्काउदै बाटो संचालनमा ल्याएको हो ।

इटियाहीका सिवपुजन सहनी,विनोद पासवान,रुदल सहनी रामलाल पासवान,खोभारी पासवान लगायत आधादर्जन व्यक्तिहरुका घरटहराहरु महानगरापलिकाले डोजर चलाएर भत्काएको छ ।

महानगरपलिकाका सरसफाई महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारको नेतृत्वमा पुगेको कर्मचारी तथा नगर प्रहरीको टोलीले जनप्रतिनिधि तथा नेपाल प्रहरीको सहयोगमा बल प्रयोग गर्दै घरमा रहेका सबै समानहरु वाहिर निकाली डोजर चलाएको थियो । पर्सा क्षेत्र नम्बर एकका तत्कालीन सांसद अजय द्धिवेदीको सक्रियतामा २०६४सालमा सिरिसिया खोला पुलको शिलान्यास गरि निर्माण सुरुभएको थियो ।

लगभग ४ करोडको लागतमा शिलान्यासको दुई बर्षमा निर्माण भएको पुल इटियाही टोलवासीको अतिक्रमणले पुल जोडने बाटो खुलाउन नसकिएको कारण ८ बर्षदेखि संचालनमा आउन सकेको थिएन । पुर्व सभासदद्धय अजय द्धिवेदी र बिचारी यादवले पटक पटक प्रयास गर्दा पनि दलगत र चुनावी फोटेराजनैतिकरणले गर्दा अक्रिमण हटाउन नसकिएको वडा अध्यक्ष कुशवाहाले बताए ।

वाटो संचालनमा आएपछि मनियारी,अपौनी लगायत महानगरपलिकाका विभिन्न वासीहरुको वीरगन्जदेखिको आवागमन छोटो र सहज बनेको छ ।