२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सपना विनाको यहाँ को नै पो हुन्छ र 

अ+ अ-

हिजो,
उसले मलाई कागज गरायो ।
मेरा नौरङ्गि सपनाहरूको,
गगन छुने भर्याङ्गहरुको,
अगाडि बढ्ने बाटाहरूको,
उक्लने उकालीहरूको,
बिसाउने चौतारीहरूको,
सबको;
बेलिबिस्तार लगायो ।
तिम्रो सपना छैन ?
उसले मलाई सोध्यो ।
तिमीलाई गगन चुम्नु,
अगाडि बढ्नु पर्दैन ?
मलाई सोध्यो उसले ।
हो,
त्यही उसको प्रश्नले
मलाई सपना देख्ने बनायो ।
उसले अझै भन्यो,
खोलीको समुद्र पुग्ने,
बादलको हिमाल चुम्ने,
चरीको घुम्दै रम्ने,
यी सबै सपना नै त हुन नि ।
अनि मलाई लाग्यो
“सपना विनाको यहाँ को नै पो हुन्छ र” !
त्यही बेला देखि हो
मैले सपना देख्न थालको ।
तर सुन्दै छु आजकाल
उ,
मेरो सपनाको कागज च्यात्दैछ रे,
मैले अगाडि बढ्न समाउने लौरी भाच्दैछ रे,
अझ भन्नेले त भन्दैछन
म रोएको देखेर उ नाच्दै छ रे ।
तर अहँ;
म मान्दिन,
मलाई विश्वास फिटिक्कै छैन
जसले मलाई सपना सिकायो,
सपना के हो भनेर देखायो
उसैले यस्तो कसरी पो गर्न सक्छ र ?
के उसलाई माया छैन
मेरा आँखाबाट उ आफैले देखेको सपनाको ?
के उसलाई माया छैन
उ, म र हाम्रो अस्तित्वको ?
त्यसैले,
जसले जे सुकै भनोस्
मलाई विश्वास छ,
मलाई भरोसा छ,
उ मेरो सपनाको काजग च्यात्न सक्दैन
किनकि
उसलाई पनि थाहा छ
“सपना विनाको यहाँ को नै पो हुन्छ र” !