२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैली फेर्दै मानव दलाल, प्रविधिले बढायो जोखिम

अ+ अ-

बाँके । नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु ५ करोडको करोबार हुने अनुमान छ । त्यसो त भारत प्रवेशका लागि पश्चिमको ठूलो र चलनचल्तीको नाका पनि यही हो ।

भारतबाट भित्रिने मालसामानको हिसाबले पनि नेपालगञ्ज पश्चिमको ठूलो नाका मानिन्छ । भारतबाट नेपालगञ्ज भन्सार हुँदै नेपाल भित्रिने सामान तथा सरकारले असुल्ने राजश्वको हिसाबले पनि त्यसको पुष्टि गर्छ । यहाँको यो वर्षको राजश्व असुलीको लक्ष्य रु १२ अर्ब ३३ करोड रहेको छ ।

नेपालगञ्ज नाका जोखिमपूर्ण यात्राका लागि पनि उत्तिकै चर्चामा आइरहन्छ । मानव दलालले भारत तथा वैदेशिक रोजगारका लागि नेपाली महिलालाई यही नाका हुँदै लैजाने गरेका छन् । झापा, सप्तरी, सिरहा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेका महिला तथा बालबालिकासमेत वैदेशिक रोजगारका लागि भारत हुँदै खाडी मुलुक जाने क्रममा नेपालगञ्ज नाकामा पक्राउ पर्ने गरेका छन् ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला भन्छन्, ‘रुपैडिहामा किनमेल गर्न जाने निहुँ बनाएर नाका पार गर्ने कोसिस गरिन्छ ।’सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्मको माइती नेपालको तथ्याङ्कलाई हेर्ने हो भने जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई नेपाल–भारत सिमानाका जमुनाबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।

तथ्याङ्कअनुसार ४१२ जना १८ वर्षमुनिका बालिका रहेका छन् भने ३१ बालक रहेका छन् । त्यस्तै १८ वर्षमाथिका ४७७ महिला रहेका छन् । सोही अवधिमा माइती नेपालले खाडी मुलुकबाट चार र भारतबाट ७८ गरी ८२ को उद्धार गरेको छ । उद्धार गरिएकामा १८ वर्षमुनिका १९ बालिका, चार बालक छन् भने १८ वर्षमाथिका ५९ महिला रहेका छन् ।

यस्तै सोही अवधिमा ८७५ जना हराएका छन् । जसमध्ये १८ वर्षमुनिका ३३२ बालिका, १२८ बालक र १८ वर्षमाथिका ४१५ महिला रहेका छन् । हराएका मध्ये १४० फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको माइती नेपालले जनाएको छ । विदेशबाट उद्धार गरिएकामध्ये जनजाति/आदिवासी ४८, दलित १८ र ब्राम्हण/क्षेत्री १६ रहेका छन् ।

त्यसैगरी हराएकामध्ये सबैभन्दा बढी ब्राम्हण/क्षेत्री ३९७, दलित २७३ र जनजाति/आदिवासी २०५ रहेका छन् । सिमानाकाबाट उद्धार गरिएकामध्ये सबैभन्दा बढी ब्राम्हण/क्षेत्री नै रहेका छन् । जसमा ब्राम्हण/क्षेत्री ३५६, जनजाति/आदिवासी ३२२ र दलित २४२ रहेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।

हराउने र सीमा नाकाबाट उद्धार गरिनेहरु उच्च घरानाका महिला तथा बालबालिकासमेत रहेको माइती नेपालको तथ्याङ्कबाट थाहा हुन्छ । विगतका वर्षमा पूर्वी पहाडी जिल्लाका महिला बालबालिका रहने गरेको भए पनि यस वर्ष भने साविकको मध्यपहाडी जिल्लाका महिला बालबालिका धेरै रहेका छन् । सधैँ भीडभाड हुने भएकाले नाका पार गराउन सजिलो हुने विश्लेषण गरेर दलालले यो नाकालाई प्रयोगमा ल्याइरहेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला बताउछन् ।

छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बाहनामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । अहिले भारतमा मात्रै नभई तेस्रो मुलुकमा समेत महिला तथा किशोरीलाई मानव तस्करले पुर्‍याउँदै आएका छन् ।

‘बिलासिताप्रतिको बढ्दो आकर्षण, पारिवारिक समस्या, वेरोजगारलगायतका कारण महिला, बालबालिका जोखिममा छन्’, संयोजक कोइरालाले भने, ‘दलालले बहिनी, श्रीमती, छोरीलगायतका नाता लगाएर भारत तथा तेस्रो मुलुकमा काममा लगाइदिने तथा सँगै बस्ने बहानामा नेपाली युवतीलाई सीमा कटाउने गरेका छन् ।’

बाँके, बर्दियालगायत यस क्षेत्रका महिला त सजिलै नाका पार गर्छन् । किनभने उनीहरुलाई नाकामा बोल्नुपर्ने सबै कुरा थाहा छ । टाढाका जिल्लाबाट घरबाट बिदाई भएर आएका, यहाँका रैथानेभन्दा फरक बोल्नेहरु नाकामा रोकेर घर फिर्ता पठाइन्छ । त्यसो त प्रविधिका कारण पनि नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेको माइती नेपालको तथ्याङ्क छ ।

विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्‍याउने गरेको पाइन्छ । माइती नेपालका संयोजक कोइरालाले भने, ‘फेसबुक, म्यासेन्जर हुँदै इमो चलाउने ग्रामीण क्षेत्रका महिलाको सङ्ख्या उच्च देखिएको छ ।’ माइती नेपालले उद्धार गरेका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन् ।

प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गएको छ । ‘प्रविधिकै कारण महिला सिधैँ दलालको पोल्टोमा पर्ने गरेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी तथा गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन्’, बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् ।’