काठमाडौँ। न्याय परिषद्ले उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा कार्यरत न्यायाधीश सन्तराज पौडेललाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा काजमा खटाउन सिफारिस गरेको छ।
परिषद्को २०८३ असोज २० गतेको निर्णयअनुसार पौडेललाई उक्त इजलासमा न्यायाधीशका रूपमा काजमा खटाउन सिफारिस गरिएको हो।




