२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको शान्ती प्रक्रियामा अवरोध नगर्नु उपयुक्त : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ती प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताएका छन् । १८ औं सशस्त्र प्रहरी दिवशका अवसरमा आज सशस्त्र प्रहरीको मूख्यालय हलचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वरत पक्ष शान्तपूर्ण राजनीतिमा आइसकेको र शान्ती प्रक्रियाका अधिकांस काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त नभएको बताएका छन् । ‘हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन् । हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुदैन ” प्रधानमन्त्री ओलीले भने,“हिजोका क्षती सम्झाएर थप क्षती गर्नेतिर लाग्नु हुदैन ।

यस्ता तत्वहरुको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्दछ । किनभने सबै नेपालीको साझा आकांक्षा शान्ती हो ।’प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा शान्ती प्रक्रियालाई बल्झाउन खोज्नेहरुका बारेमा सरकार जानकानर रहेको बताएका छन् । ‘हामी राजनीतिको कठोर यात्रा पार गरेर यहाँसम्म आइपुगेका छौं ।

अब पछाडि फर्कने कुरा हुन सक्दैन । देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने ‘त्यसैले व्यवस्थापन भइसकेको शाान्ती प्रक्रियाका बिषयमा अनावश्यक चलखेल सैह्य हुदैन ।’प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई अघि बढाउने कार्यभार लिएको बताएका छन् । ‘सरकार देशमा सुशासन र समृद्धि ल्याउन हर तरहले प्रयत्नशिल छ । यसमा सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ‘ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले शुन्य भ्रष्टाचारको नीति अवलम्बन गरेको दोहोर्‍याएका छन् ।

यसका लागि भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगहरुलाई पनि चनाखो हुन प्रधानमन्त्रीले आग्रह गरेका छन् । ‘शान्ती सुरक्षा र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका निकायहरुले गै¥ह कानुनी दोहन गर्ने कुरा उपयुक्त हुदैन ‘ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सबैजना सजग हुनुपर्दछ ।’प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले छोटो समयमा नै असधारण प्रगति गरेकोमा प्रशंसा गरेका छन् ।