२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

अ+ अ-

रोल्पा । रोल्पामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । यस्तो सेवा लिनेमध्ये अधिकांश किशोरी रहेका छन् । पहिलो पटक गर्भ रहेकै बेला उनीहरुले यस्तो सेवा लिएको छ । सन्तानको रहर पुगेर गर्भपतन गराउनेभन्दा पहिलो पटक गर्भ हुनेले गर्भपतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा ३७७ महिलाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका थिए भने सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ३१२ थियो ।

‘उमेर नपुग्दै विवाह गरेका गर्भवती किशोरीले सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने गरेको छ’, स्वास्थ्यकर्मीहरु भन्छन्, ‘अधिकांशलाई निश्चित अवधिको गर्भपतन गर्न पाइन्छ भन्ने जानकारी नै छैन, जानकारी भएका पनि गोपनीयता भङ्ग हुने डरले स्वास्थ्य केन्द्रमा आएर गर्भपतन सेवा लिन नचाहेको हो । ‘

स्वास्थ्य संस्था बाहिर अवाञ्छित गर्भपतन गराउनेको सङ्ख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डा.सुशील आचार्यले बताए । असुरक्षित ढङ्गले घरमै वा औषधि पसलमा गर्भपतन गराउनेको सङ्ख्या योभन्दा धेरै हुन सक्छ डा.आचार्यले भने । सूचीकृत स्वास्थ्य संस्था गएर गर्भपतन गराउन झन्झट मान्ने तथा गोपनीयता भङ्ग हुने डर भएका कारण जिल्ला बाहिर गएर पनि गर्भपतन गराएको बुझिन्छ डा.आचार्यले भने ।

असुरक्षित गर्भपतन गराएर थप स्वास्थ्य समस्या भएकाले उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको बताइन्छ । अघिल्लो वर्ष यसरी गर्भपतन गराएर स्वास्थ्य संस्थामा आउने महिलाको सङ्ख्या ७० रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्भवती जाँच गराउनेमध्ये २० वर्षमुनिका किशोरी धेरै देखिएका छन् । विवाह नहुँदै शारीरिक सम्पर्क गर्न बाध्य पारिने तथा सानै उमेरमा विवाह गरी अनिच्छित गर्भधारण गर्न बाध्य किशोरीमा यस्तो समस्या देखिने गरेको बताइन्छ । बालविवाहले असुरक्षित गर्भपतनलाई समेत बल पुर्‍याइरहेको देखिन्छ ।

असुरक्षित गर्भरोधकको रुपमा परिवार नियोजनका साधनलाई लिइए पनि रोल्पामा यसको प्रयोगकर्ताको सङ्ख्या भने ४० प्रतिशत मात्रै रहेको बताइन्छ । जिल्लामा २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गरेको देखिएको छ । यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्दछन् । पिल्स र आइयुसिडी प्रयोगकर्ता क्रमशः ६ र ४ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या १७ प्रतिशत रहेको छ । सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण बढ्दै गएको देखिन्छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डागीले भने । जिल्लामा अघिल्लो वर्ष ५५३ किशोरीले यो सेवा लिएका थिए । मातृमुत्यु दर कम गर्न सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको छ । अझै पनि सात प्रतिशत मृत्यु असुरक्षित गर्भपतनकै कारण हुने गरेकाले बताइन्छ ।