काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर इकाई समितिले महिला आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रशिक्षंण कार्यक्रम प्राज्ञिक बिद्यार्थी परिषद महानगर इकाई समितिले माघ १७ १८ र १९ गते टुडिखेलमा ‘मिसन साहासी’ प्रशिक्षक प्रशिक्षंण तालिम गर्दै छ।
देश भरका विभिन्न जिल्लाका स्थानीय निकायहरु एंव विभिन्न संघ संस्थाहरुसंग मिली रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ। समाजमा बढिरहेको लागु पदार्थको दुव्र्यसनी,महिला हिंसा न्युनिकरण गर्न ,युवालाई स्वरोजगार र स्वावलम्वन बनाउन सामाजिक कुरीति,विसंगती र अन्धविस्वास जस्ता विषयलाई हटाउनका लागी विद्यार्थी परिषदले विभिन्न प्रशिक्षण र जागरण अभियानको आयोजना गर्दै आइरहेको छ ।
देशभर बढिरहेको महिला हिंसा र दुव्र्यवहारलाई निश्तेज पार्दै नारी सम्मान ,सुरक्षा र आत्मसम्मानको वातावरण निर्माण गर्न मिसन साहासीको नामले प्रशिक्षणात्मक कार्यक्रम गर्न गईरहेको यस परिषद्ले प्रारम्भिक कार्यक्रम गैंडाकोटबाट सुरुवात गरेको थियो।
मिसन साहसीमा छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैँ गर्न सक्ने गरी वैचारिक र शारीरिक क्षमता अभिवृद्धि गर्ने गरि प्रशिक्षण गराइने भएको छ ।



