२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा सुत्केरी भत्ता पाएनन्

अ+ अ-

बैतडी । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ सय चालू आर्थिक वर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् ।

सुत्केरी भत्ता समयमै वितरण गर्न नसक्दा सुत्केरी आमा रिसाउने गरेको चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिए । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता वितरण गर्न नसक्दा अब गाउँगाउँ गएर वितरण गर्नुपर्ने भएकाले समस्या हुने उनले बताए ।

यस्तै पुर्चौंडी नगरपालिकाले गएको वैशाखदेखि सुत्केरीभत्ता वितरण गर्न सकेको छैन् । सुत्केरीका लागि आएको रकम अपुग भएकाले समयमै वितरण गर्न नसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए ।

स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम कम आएकाले वितरण गर्न नसकिएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताए ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत आमाले रु एक हजार पाउने गरेकोमा चालू आर्थिक वर्षमा त्यसलाई बढाएर रु २ हजार पाउने व्यवस्था गरेको थियो । तर सुत्केरीले पाउने भत्ता गत वर्षको भन्दा कम निकासा भएको स्थानीय तहले जनाएका छन् । सुत्केरी भत्ता नपाउँदा सेवाग्राही भने रुष्ट बनेका छन् ।