१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमालियामा कार बम विस्फोट, नौ जना मारिए

अ+ अ-

मोगादिसु । सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा ९ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक व्यस्त व्यापारिक केन्द्र नजिकै विस्फोट भएको र त्यसबाट मानिसको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएको जानकारी दिए । उनले नौ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु धेरै घाइतेको अस्पतालहरुमा उपचार भइरहेको पनि बताए ।

व्यापारिक केन्द्र (मल) को पार्किङ इलाकामा कार राखिएको र त्यही कार विस्फोट भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

व्यापारी मुनिरा अब्दुकादिरले भने, ‘मैले हमरवाइनी बजारको छाना खसेर पुरिएका चार जनाको शब मैले देखेको थिएँ । अरु ३ जना पार्किङ क्षेत्रमा ढलेका थिए ।’

मोगादिसुमा इस्लामिक समूह अल–सबाबसँग आबद्ध अल–कायदाले नियमित झैं आक्रमण गर्ने गरेका छन् । यो समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट बाहिर लखेटिएको भए पनि उनीहरुले लुकीछिपी राजधानीमा आक्रमण गरिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस