२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट कर्पोरेट युजर्स ग्रुप (सियुजी) सेवाका लागि नेपाल प्रहरी सम्मानित

अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो १५औं बार्षिकोत्सबको अवसरमा नेपालप्रहरीलाई उत्कृष्ट कर्पोरेट युजर्स ग्रुप (सियुजी) सेवाका लागि कदर(पत्र तथा मायाँको
चिनोबाट सम्मानित गरेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल प्रहरीकोतर्फबाट प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा.राजिव सुब्बालाई मंगलबार आयोजित कार्यक्रममा उक्त कदर(पत्र तथा मायाँको चिनो प्रदान गरेका हुन् ।

उक्त सम्मान करिब ३५ हजार प्रयोगकर्ता रहेको नेपाल प्रहरीको कर्पोरेट युजर्स ग्रुप (सियुजी) ले संस्थागत समूहतर्फ गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरीलाई प्रदान गरिएको हो ।

प्रहरी कर्मचारीहरु तथा प्रहरी कार्यालयहरुका लागि सस्तो, सर्बसुलभ तथा सरल ढङ्गले टेलिफोन सेवा प्रवाह गर्ने गराउने उद्धेश्य अनुरुप २०६८ आश्विन १० गते नेपाल टेलिकम र नेपाल प्रहरीवीच सम्झौता भई नेपाल प्रहरीमा २०६८ सालदेखि कर्पोरेट युजर्स ग्रुप (सियुजी) सेवा आरम्भ गरि संचालनमा ल्याइएको हो ।

यो सेवा प्रारम्भिक चरणमा पोष्टपेड सिममा मात्र सीमित गरिएको थियो । सेवा विस्तारको क्रमसँगै हाल नेपाल प्रहरीका प्रिपेड प्रयोगकर्ता, पुर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीहरुका आफन्त (परिवार) लाई पनि यो सेवामा आवद्ध गराइएको छ ।

यो क्रम दिनानुदिन बढ्दो क्रममा रहेको र आगामी दिनमा सबै प्रहरी कर्मचारीहरुलाई समेत आवद्ध गराउने लक्ष्य लिइएको छ । सियुजी सेवाबाट नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरुमा सांगठनिक क्रियाकलाप, सूचना आदिमा सर्बसुलभ पहुँच भएको छ ।

जसबाट संगठनमा सूचना पारदर्शिता समेत हुन गएको छ । यसले प्रहरी कर्मचारीहरुलाई एक-आपसमा, ५ जना साथीभाई तथा परिवारका सदस्यसँग सस्तो शुल्कमा संचार सुविधा उपलब्ध भएको छ ।
सेवामा आवद्ध प्रयोगकर्ताहरुलाई प्रत्येक महिना निस्शुल्क १ सय एमबी डाटा उपलब्ध गराई ईन्टरनेट सेवाको सुविधामा समेत पहुँच बढाइएको छ । यसले गर्दा नेपाल प्रहरीका सकल
दर्जाका कर्मचारीहरुमा सूचना तथा संचार प्रबिधि प्रयोग वढ्दै गएको र प्रहरी संगठन डिजिटलाईजेशनतर्फ उन्मुख हुँदै गएको देखिन्छ ।

नेपाल प्रहरीले सम्मानित गरेकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई हार्दिक धन्यवाद टक्राउँदै आगामी दिनमा नेपाल प्रहरीले यो सेवाको विस्तारलाई अझ वढी प्रभावकारी ढंगबाट निरन्तरता दिने उक्त निर्देशनालयले जनाएको छ ।