२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाबहिल-साँखु सडकखण्डमा यात्रुलाई सास्ती

अ+ अ-

साँखु । अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।

काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नुपरेको दुखेसो पोखेका छन् ।

सडकमा भएका ठूला खाल्डो र सडक दायाँबायाँ बढाउने कार्य भइरहेकाले चाबहिलबाट साँखु जाने सवारी साधन ठाँउठाँउमा फस्ने गरेका छन् भने मोटरसाइकललाई गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ ।

तीन दिनको झरीले यो सडकमा यात्रा गर्न निकै सास्ती छ । तीर्थयात्री प्रकाश कुँवर भन्छन, “मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेको छ, स्कुटर लान त झन निकै समस्या छ । मोटरसाइकलको आधा भाग हिलोमै गाडिन्छ ।”

लामो सवारी जाम पर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन धेरै हुने गरेकाले सो सडकमा यातायातको निकै चाप हुने गरेको छ । गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा तीर्थयात्री तथा सर्वसाधारण हिलाम्मे सडकमा पैदलकै भरमा मन्दिर जान बाध्य छन् ।

चाबहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिकमार्ग छैन । सोही एउटै सडकको प्रयोगमार्फत मात्रै साँखु पुग्न सकिन्छ । सोही कारणले पनि सवारी जामको समस्या खेप्न बाध्य हुनुपरेको रामप्रसाद दुलाल बताउनुहुन्छ ।

सरकारले गत विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । रासस