२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्नरको अर्धसत्तकमा काठमाडौँको लगातार तेस्रो जित, साबिक विजेता लुम्बिनी ३६ रनले पराजित

नेपाल प्रिमियर लिगमा लुम्बिनीको अपराजित यात्रा रोकियो, जहानदाद खानको चार विकेटसँगै काठमाडौँ अंकतालिकाको दोस्रो स्थानमा

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले लगातार तेस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौँले लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाएको हो ।

अस्ट्रेलियन ब्याटर डेभिड वार्नरको अर्धशतक र जहानदाद खानको प्रभावशाली बलिङको मद्दतमा काठमाडौँले चौथो खेलमा तेस्रो जित हात पारेको हो । यससँगै काठमाडौँ ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो हार बेहोरेको लुम्बिनी पाँच खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ ।

काठमाडौँले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । सुरुवातदेखि नै दबाबमा परेको लुम्बिनीले पावरप्लेमै ६ विकेट गुमाएपछि लक्ष्य पछ्याउने प्रयास कमजोर बनेको थियो ।

लुम्बिनीका ओपनर डार्सी सर्ट ४, आसिफ शेख १, निरोशन डिकवेला १४ र ग्रान्ट स्टेवार्ट ६ रनमा आउट भए । कप्तान रोहित पौडेल र दिलीप नाथले खाता खोल्न सकेनन् । काठमाडौँका जहानदाद खान र कप्तान करण केसीले सुरुवाती ओभरमै लुम्बिनीको शीर्ष तथा मध्यक्रम धराशायी बनाएका थिए ।

सन्दीप जोराले ४५ बलमा तीन चौकासहित ४४ रन बनाएर लुम्बिनीको इनिङ्स सम्हाल्ने प्रयास गरे । उनले रुबेन ट्रम्पलम्यानसँग सातौँ विकेटका लागि २१ तथा अभिषेक गौतमसँग आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अभिषेकले १६, ट्रम्पलम्यानले ११ र शेर मल्लले १२ रन बनाए ।

काठमाडौँका जहानदाद खानले चार ओभरमा २३ रन खर्चेर चार विकेट लिए । कप्तान करण केसीले एक मेडनसहित चार ओभरमा २४ रन दिएर दुई विकेट हात पारे । शाहब आलम, सन्तोष यादव, रसिद खान र सहान अराचिगेले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो । वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए । 

Nepal Premier League 2026-27+1

वार्नरले ५० बलमा नौ चौका र एक छक्कासहित सर्वाधिक ६६ रन बनाए । पटेलले ३६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३८ रन जोडे । सहान अराचिगेले १५ बलमा तीन चौका र एक छक्कासहित अविजित ३४ रनको योगदान दिए ।

काठमाडौँले १२ ओभरमै विकेट नगुमाई १०० रन पूरा गरे पनि त्यसपछिका ओभरमा लुम्बिनीका बलरले खेलमा पुनरागमन गरेका थिए । पटेल र वार्नर आउट भएपछि मध्यक्रमका ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा काठमाडौँ ठूलो योगफल बनाउनबाट रोकिएको थियो ।

लुम्बिनीका शेर मल्ल, अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले दुई–दुई विकेट लिए । अभिषेकले चार ओभरमा १५ र मल्लले चार ओभरमा १९ रन मात्रै खर्चिए भने ट्रम्पलम्यानले तीन ओभरमा २४ रन दिए ।

अघिल्लो संस्करणमा उपाधि जित्ने क्रममा लगातार ६ खेल जितेको लुम्बिनीले यस संस्करणका सुरुवाती चार खेलमा पनि हार बेहोरेको थिएन । तर, काठमाडौँविरुद्धको पराजयसँगै उसको १० खेलसम्मको अपराजित यात्रा टुङ्गिएको छ ।

पहिलो खेलमा पराजित भएको काठमाडौँले त्यसपछि कर्णाली याक्स, विराटनगर किङ्स र लुम्बिनी लायन्सलाई लगातार हराउँदै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाएको छ ।

0 Comments