२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी उद्यानको नाम परिवर्तन गर्न खोज्नु दुःखद : कांग्रेस

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले आज पत्रकार सम्मेलन गरी सो सम्बन्धी पूर्वनिर्णयलाई तत्कालै यथास्थिति मै कायम राख्न र यथाशिघ्र बीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ ।

काङ्ग्रेसले बीपीको नाममा वीरगञ्जमा गर्ने निश्चित भएको बीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ प्रदेश नं २ सरकारका मुख्यमन्त्रीले शिलान्यास कार्यक्रम गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही माघ २४ गते बसेको बैठकले सो सम्बन्धमा गरेको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न बीपीको नामको मात्र नभई नियत र निषेधको राजनीतिको हो भनी टिप्पणी गरे। उनले भने, “बीपीको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरीद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश नं २ ले अर्कै नाममा पार्क निर्माण गर्न गत माघ १६ गते शिलान्यास गर्नु दुःखद हो ।”

नेपाल यातायात संस्थान र वीरगञ्ज उपमहानगरपालिकाबीच रु १० करोडमा सो जग्गा खरीद बिक्री सम्झौता भई उपमहानगरपालिकाको नाममा जग्गा पास भएको थियो । वि.सं. २०६० पुुस २४ गते जारी जग्गा धनीपूर्जामा मन्त्रिपरिषद्को २०६० कार्तिक २७ को निर्णय बमोजिम उपमहानगरपालिकाले बेचबिखन एवं हक हस्तान्तरण गर्न नपाउने र बीपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ ।

तत्कालीन श्रम तथा यातायातमन्त्री डा प्रकाशचन्द्र लोहनीले एक समारोहका बीच वीरगञ्जमा बीपी उद्यानको शिलान्याससमेत गरेका थिए। प्रवक्ता शर्माले बीपीका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ जग्गा प्रबन्ध भई बीपी उद्यानकै नाममा शिलान्यास समेत भइसकेको लगायत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने प्रयास गरिएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए ।

उनले भने, “पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई कांग्रेस गम्भीर ढङ्गले सचेत गराउन चाहन्छ ।” उक्त कार्यलाई तत्काल सच्याउन आग्रह गर्दै अन्यथा संसद्देखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने चेतावनी दिए ।