२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको आवश्यकता सङ्घले बुझ्न सक्दैन : राज्यमन्त्री यादव

अ+ अ-

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले प्रदेशका अवस्था सङ्घले बुझ्न नसक्ने बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चार दिने ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा यादवले प्रदेशको आवश्यकता प्रदेश स्वयंले बुझ्न सक्ने बताए ।

मानव सूचाङ्कमा २ नम्बर र कर्णाली प्रदेशपछि परेकाले त्यसमा सरकारको विशेष जोड रहनुपर्ने उनले बताए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशमा समयमै संरचना र अधिकार नदिँदा प्रदेश सरकार समस्यामा परेको गुनासो गरे । सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय सरकार उदारतका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपद् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारीले प्राकृतिक विपद्मा उच्च जोखिममा रहेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर गोष्ठी आयोजना गरिएको बताए । उनले कार्याशाला गोष्ठीबाट निर्मित विपद् प्रतिकार्य योजनालाई सुदूरपश्चिम, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका सबै अस्पताल पुर्‍याउने र तिनलाई अभ्यासमा लैजाने उनको भनाइ थियो । उनका अनुसार विपद् जोखिम न्यूनीकरण ऐन, २०७५ अन्तर्गत प्रदेशमा उपसमिति गठन गरिने छन् ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि दामोदर अधिकारी, कर्णाली प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेलसहित कार्यक्रममा सहभागी चिकित्सकले प्रतिकार्य योजनाले प्राकृतिक तथा मानवीय विपद् न्यूनीकरणमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि सो गोष्ठी सञ्चालन भएको थियो ।