२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय भजन प्रतियोगिता फागुन २० मा

अ+ अ-

गलकोट । यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा यही फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको ऐतिहासिक रामकोट मन्दिरमा भजन प्रतियोगिता गर्ने केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।

काठेखोला गाउँपालिकाको एक वडा एक पहिचानअन्र्तगत बिहुँ वडा नम्बर ५ लाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यसमेत राखेको स्थानमा लोकभजन हुनेभएको हो ।
रामकोट मन्दिरसँगैको शिवधुरीमा हालैबाट सञ्चालनमा आएको घरवास कार्यक्रम (होमस्टे)को प्रवर्द्धनका लागिसमेत भजन प्रतियोगिताले टेवा पु¥याउने आयोजकले लक्ष्य राखेको छ ।

मध्यपहाडी लोकमार्गको स्तरउन्नतिसँगै विश्वकै पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन जाने पर्यटकहरुको सङ्ख्या वृद्धि भएको बेला लोकमार्गसँगै जोडिएको बिँहुको शिवधुरी र रामकोटको प्रचारप्रसार गर्नका लागि लोक भजनको आयोजना गरिएको हो ।

‘राष्ट्रियस्तरको लोकभजनको आयोजना गर्दा धार्मिक संस्कृतिको संरक्षण हुन्छ’, कँडेलले भने, ‘लोकभजनका लागि नेपालका विभिन्न ठाउँबाट आउने सहभागीका कारण यस क्षेत्रमा धार्भिक पर्यटन भित्रन सक्नेछ ।’

भजन प्रतियोगितामा नेपालका सातवटै प्रदेशका एक–एक समूह, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट २१ भजन टिमबाट करीब ३०० जनाको सहभागी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने भजन समूहले रु ५० हजार, द्वितीय हुने समूहले रु ३० हजार, तृतीय हुने समूहले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।