काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले सवारी साधनबाट लागुऔषध सहित २ जनालाई प्रक्राउ गरेको छ । नागढुङगा चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सहित २ जनालाई प्रक्राउ गरेको हो ।
धरानबाट काठमाडौं आउँदै गरेको ना.५ ख. ४६८९ नम्बरको यात्रुबाहक सवारी साधनबाट सिराहाका प्रदिप कुमार चौधरी र सुनसरी ईनरूवाका विकास चौधरीका साथबाट नाईट्राभेट १ सय ३८ ट्याबलेट बरामद गरेको छ ।
चामलको वोरा भित्र कालो झोलामा लुकाई छिपाई १३८ ट्यावलेट लागू औषध फेला पारी निजहरुलाई तत्काल नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग नागढुङगाले जनाएको छ । लागुऔषध सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमालाई थप अनुसन्धान गरिरहेको छ ।